कांग्रेसका शीर्ष नेताहरुलाई केही दिन जिल्ला नजान सभापति देउवाको निर्देशन

काठमाडौं, मंसिर ६ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरुको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् ।

उनले विधानका विषयमा केन्द्रीय समितिमा छलफल गरेर जतिसक्दो छिटो विधानको मस्यौदालाई अन्तिम रुप दिनुपर्ने भएकाले समयलाई ध्यान दिँदै केही दिन जिल्ला नजान भनेका हुन् ।

बुधबारको अनौपचारिक बैठकमा नेताहरुबीच ९ गते केन्द्रीय समिति बैठक बस्ने, सो बैठकमा विधान समितिले विधानको मस्यौदा बुझाउने र दुई दिन केन्द्रीय सदस्यहरुलाई अध्ययन गर्न दिएर १२ मंसिरबाट केही धारणा भए राख्न समय दिइने सहमति भएको छ ।

त्यसपछि २० देखि २१ मंसिरसम्म विधानसहितका सबै विषयलाई टुंग्याएर विभिन्न दस्तावेजहरु प्रकाशन गरिने र २८ मंसिरदेखि ३ पुससम्म हुने महासमिति बैठकमा सबै विषयलाई लैजाने सहमति भएको हो । –राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा वेथिती मौलाएको भन्दै सिडिओ समक्ष ध्यानाकर्षणपत्र

ताप्लेजुङ स्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग

ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ः मुख्यमन्त्रि राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको

प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा : दाहाल

भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका