जनकपुर–लखनऊ बस सेवा शुरु

धनुषा - भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । 

नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ । लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ ।

लखनऊबाट दिउँसो २ बजे हिँड्ने बस ६९२ किलोमिटर यात्रा पूरा गरी भोलिपल्ट बिहान ६ बजे जनकपुर पुग्ने छ । उक्त दुरीमा यात्रु भाडा भारतीय रु ९२८ कायम गरिएको छ । 

जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले भारत सरकारले जनकपुरसम्म बस पठाए पनि नेपालका तर्फबाट बस सञ्चालनका विषयमा टुङ्गो लाग्न नसकेको बताउनुभयो । जनकपुरबाट बस छुट्ने समयबारे छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।

जनकपुर–पटना बस सेवा व्यवस्थापन गर्दै आएका सुमन्तकान्त ठाकुरले लखनऊबाट बस जनकपुरसम्म आइपुगे पनि भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नै नदिएको जानकारी दिनुभयो । लखनऊबाट अयोध्या हुँदै हिँडेको बस आइतबार अपराह्न जनकपुर पुगेको थियो । 

गत वैशाख २९ गते जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरे पनि उक्त बस सेवा नियमित हुन सकेको छैन् । 

प्रतिकृया दिनुहोस

५० अर्बभन्दा माथिका आयोजना अब प्रधानमन्त्रीकै तजबिजमा सोझै ठेक्का !

काठमाडौं, मंसिर २७ । सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिश्पर्धा नै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले

थिंक ट्यांकले माग्यो २ करोड, अध्यक्षको तलब मात्र २ लाख २५ हजार

काठमाडौं । सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड

नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।  गत