खुकुरी प्रहारवाट गम्भिर घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ लागियो, (अपडेट)

ताप्लेजुङमा खुकुरी प्रहारवाट गम्भिर घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ लागिएको छ । ताप्लेजुङमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाण्डौको टिचिङ हस्पिटल लगिएको हो ।

 

तिहार मान्न माईत आईकी वहिनी र वाहिनीकी छोरीहरुलाई आफ्नै दाईले खुकुरी प्रहार गरि गम्भिर घाईते वनाएका थिए । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ स्थित चेकपोईन्ट छेउ ढाँडधाराका ३० वर्षीय विवस मगरले मंगलवार विहान आफ्नै वहिनी र भान्जिहरुलाई खुकुरी प्रहार गरि गम्भिर घाईते वनाएका हुन् ।

 

विहान २६ वर्षीय रेनुका मगर भुजेल, उन्की छोरी ८ वर्षीया कृष्टीना भुजेल र ६ वर्षिया ओरीना भुजेललाई विवशले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक काशीनाथ रेग्मीले वताउनुभयो । घाईतेहरुको टाउकोमा गम्भिर चोट लागेको प्रहरी निरिक्षक रेग्मीले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने विवश समेत घाईते भएका छन् । उन्को समेत पेटमा गम्भिर चोट लागेको वताईएको छ । घटनाको विषयमा थप अनुशन्धान भैरहेको प्रहरीले वताएको छ । 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप गरिने

विश्व शान्ति तथा सम्पूर्ण प्राणी जगत्को हितका लागि ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । आगामी चैत्र २० देखि २२ गते सम्म

विपद जोखिम न्यूनिकरण गर्न नमुना अभ्यास

विभिन्न प्राकृतिक विपद्ले दुःख दिइरहने जिल्ला मध्ये एक हो ताप्लेजुङ । आगलागि र बाढि पहिरो जस्ता विपद्का कारण यहाँका नागरिकले वर्षेनी करोडौंको क्षति

शैक्षिक विकासका लागि ५ बुदें ताप्लेजुङ घोषणा–पत्र जारी

पाँचबुंदे शैक्षिक घोषणा–पत्र जारी गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी जिल्लाभरका माध्यमिक बिद्यालयहरुका प्रधानाध्यापकहरुको गोलमेच सम्मेलन