काबेली कोरिडोर निर्माण अन्तिम चरणमा

इलाम । इलाम, पाँचथर र ताप्लेजुङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने काबेली कोरिडोर १३२ केभी प्रसारण आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । इलामको सोयाकदेखि पाँचथरको थापाटारसम्मको दोस्रो खण्डमा वनको समस्या समाधान भएमा १ महीनाभित्रमा लाइन टाँग्ने काम पूरा हुने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

आयोजनाको पहिलो खण्ड झापाको लखनपुरदेखि इलाम गोदकसम्म २ वर्ष अगाडि नै निर्माण सम्पन्न भएको र पाँचथरको थापाटार र अमरपुरमा पनि सबस्टेशन निर्माण सम्पन्न भए पनि दोस्रो र तेस्रो खण्डमा विभिन्न स्थानमा जग्गा विवाद र वन समस्याका कारण निर्माणले गति लिन सकेको थिएन । दोस्रो खण्डमा इलामको सोयाकदेखि थापाटारसम्म करीब ४३ किलोमिटरमध्ये हालसम्म ३६ किमी तार टाँगिएको उनले बताए ।

यो खण्डमा जम्मा १ सय २५ ओटा टावर निर्माण गर्नुपर्नेमा १ सय २० ओटा टावर ठडिएका छन् । २ ओटा टावर निर्माण हुँदै र ३ टावर बनाउन बाँकी छन् ।

यस्तै, अप्टिकल ग्राउण्ड वायरको २७ किलोमिटर टाँगिएको छ । थापाटारदेखि अमरपुरसम्मको तेस्रो खण्डमा ४० ओटा टावर निर्माण गर्नुपर्नेमा ३८ ओटा बनिसकेको उनले जानकारी दिए । यस खण्डमा करीब साढे १३ किमीमध्ये १० किमी लाइन टाँगिएको छ । पाँचथरको जोरसाल लगायतका स्थानमा वन फँडानी समस्या रहेको र यो समस्या समाधान भएमा एक महीनाभित्रमा प्रसारण लाइन सम्पन्न हुने समेत उनले बताए ।

‘३ ओटा सामुदायिक वन र १ राष्ट्रिय वनको रूख कटान आदेशका लागि फाइल मन्त्रालयमा पुगेको र मन्त्रिपरिषद्ले निर्णय गरेपछि विस्तारको काम अगाडि बढ्छ,’ उनले भने । दोस्रो र तेस्रो खण्डका केही स्थानमा निजी वनमा समेत सालका रूख भएको र त्यहाँबाट प्रसारण लाइन टाँग्नुपर्ने भएकाले रूख कटान आदेश चाहिने उनले जानकारी दिए ।

दुवै खण्डमा गरी जम्मा ६ सय ४५ ओटा सालका रूख कटान गर्नुपर्ने देखिएको आयोजनाका सिभिल इञ्जिनीयर नीरज कर्णले बताए ।
क्याबिनेट निर्णय आएपछि रूख छपानमा समय लाग्ने भएकाले बढीमा डेढ महीनामा काम सम्पन्न गर्न सकिने उनको दाबी छ । आयोजना निर्माणमा अब कुनै समस्या नभएको र चाडबाडका समयमा पनि पालो बाँधेर लाइन टाँग्ने काम भइरहेको कर्णको भनाइ छ ।
काबेली कोरिडोर प्रसारण लाइन आयोजना निर्माण सम्पन्न हुनासाथ पाँचथर र ताप्लेजुङमा उत्पादित करीब ७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न सहज हुने भएको छ । ती जिल्लामा विभिन्न जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । आयोजनाको लाइन विस्तार सम्पन्न भएपछि प्रसारण लाइन वरपर विद्युत् विस्तार कार्य शुरू हुने पनि जानकारी दिइएको छ ।

विश्व बैङ्कको सहयोगमा २ अर्ब ५८ करोड लगानीमा शुरू भएको आयोजनाको म्याद पटकपटक थपिए पनि निर्धारित समयमा निर्माण भएको थिएन । शुरूमै आयोजनाको डिजाइन गलत भएको र यसको तीन पटकसम्म भेरिएशन गर्नुपरेका कारण लागतमा २७ प्रतिशत वृद्धि भएको प्रमुख द्विवेदीले जानकारी दिए । उनले प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेपछि बाँकी काम ग्राहक सेवा निर्देशनालय मार्फत अगाडि बढ्ने पनि बताए । -abhiyan.com

प्रतिकृया दिनुहोस

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

काठमाडौं । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा

आज - ०१ पौष २०७५ आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ

फिदिम २ पल्लोटारमा बसपार्क उद्घाटन, मेयर नेम्बाङ भन्छन्—मेरै कार्यकालमा बसपार्क उद्घाटन गरेर छोडे

  पाँचथर,मंसिर २९, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटारमा बस पार्क आज उद्घाटन गरिएको छ । फिदिम नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले रिबिन