युरोपा लिग : ७ वटा क्लव अर्को चरणमा

काठमाडौं, कात्तिक २३ । युरोपा लिग फुटबलमा गएरातिका खेलपछि ७ वटा क्लब अर्को चरणमा प्रवेश गरेका छन् । यसरी अर्को चरण अर्थात अन्तिम ३२ मा छानिने टोलीमा इङ्ल्यान्डका चेल्सी र आर्सनल, जर्मनीका फ्र्याङ्कफर्ट र बायर लिरभकुजेन, ईटालीको लाजियो, चेक गणतन्त्रको डाईनामो जाग्रेब र स्विट्जरल्याण्डको एफसी ज्युरिच रहेका छन् ।

समूह ‘एल’को खेलमा चेल्सीले रोमानियाको बाते बोरिसोभलाई १–० ले हराउँदा अर्को इङ्लिस क्लब आर्सनलले पोर्चुगलको स्पोर्टिङसँग गोलरहित बराबरी खेल्यो । 

यसैगरी अन्तिम ३२ चरणमा छानिएको जर्मन टोली बायर लिभरकुजेनले स्विट्जरल्याण्डको एफसी ज्युरीचलाई १–० ले हराउँदा आईन्त्राच फ्र्याङ्कफर्टले साईप्रसको अपोलोन लिमासोललाई ३–२ ले पाखा लगायो । 

यसैगरी ईटालीको लाजियोले फ्रान्सको मार्सेलाई २–० ले हराउँदा चेक गणतन्त्रको डाईनामो जाग्रेबले स्लोभाकियाको स्पार्टाक त्रानाभालाई ३–१ ले पन्छाउँदै अर्को चरणमा स्थान सुरक्षित ग¥यो ।

युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा गएराति स्कटल्याण्डको सेल्टिक, स्पेनको सेभिया र ग्रिसको ओलम्पियाकोसले पनि आ–आफ्नो खेल जितेका छन् ।

प्रतिकृया दिनुहोस

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलाे जित

आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।  लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई

मेस्सीले दुई गोल गरे तर, टरेन बार्सिलोनाको हार

काठमाडौं । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीको दुई गोलका बाबजुद बार्सिलोनाले घरेलु मैदानमा दुई वर्षमा पहिलो लिग म्याच हारेको छ । आइतबार राति

म्यानचेष्टर डर्बी जित्दै सिटी शीर्ष स्थानमा फर्कियो

काठमाडौं । म्यानचेष्टर डर्बी जित्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटीले युनाइटेडलाई ३–१ ले हराएको हो