तिहारमा ६३ करोडका सामान विदेशबाट, सबैभन्दा बढी भारतको

काठमाडौं : तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला र केरालगायत फलफूल आयात भएको हो।  यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्यान्ड, इन्डोनेसिया, अमेरिका, क्यानडाबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख भएको समाचार कान्तिपुर दैनिकमा छ। सबैभन्दा बढी भारतबाट आयात भएको छ। भारतबाट मात्रै ३५ करोड ८७ लाख रुपैयाँको आयात भएको हो। दोस्रोमा पाकिस्तानबाट आयात भएको विभागको तथ्यांकमा छ। तथ्यांकअनुसार यो अवधिमा २० करोड ८३ लाख रुपैयाँको फलफूल तथा 'ड्राइ फ्रुट्स' का भित्रिएका हुन्। तेस्रोमा अमेरिकाबाट आयात भएको छ। अमेरिकाबाट १२ करोड ३९ लाख रुपैयाँको आयात भएको छ। तिब्बतबाट ९ करोड ७५ लाख, इन्डोनेसियाबाट १ करोड ६३ लाख, भियतनामबाट १ करोड ३६ लाख, चीनबाट ५६ लाख रुपैयाँ बराबरको आयात भएको उल्लेख छ।
 

प्रतिकृया दिनुहोस

अनसनरत डाक्टर केसीलाई ‘एन्टिबायोटिक’

इलाम – चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा

मर्यादाक्रमप्रति प्रमुख जिल्ला अधिकारी असन्तुष्ट

काठमाडौं, माघ २ । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन् । उनीहरुले नयाँ मर्यादाक्रममा

आज - ०२ माघ २०७५ बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट सफल यात्राको योगछ । व्यक्तिको सहयोग पाईनेछ । मिथुन मिथुन (का, कि, कु, घ,