‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को उपाधी प्रतिभालाई

प्रदेश नं. १ कै अहिले सम्मकै ठूलो धनराशीको पुरस्कार दावी गरिएको खुल्ला नृत्य प्रतियोगिता ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को उपाधी प्रतिभा लिम्बूले जितेकी छिन । दोखु युवा क्लवले विगत तिन महिना अघि सुरु गरेको नृत्य प्रतियोगितको फाईनल मंगलवार भएको हो ।

प्रतियोगिताको फस्ट रनर अप पाँचथरका रोशन मगर भ एभने सेकेण्ड रनर अप ताप्लेजुङकै मैवाखोला गाउँपालिकाकी डिम्पल तामाङ भएकी छिन् । प्रथम हुने प्रतिभाले २ लाख वरावरको स्कुटर प्राप्त गरेकी छिन् । साथै फस्ट रनर अप रोशनले ल्यापटप साथै नगद साढे सात हजार प्राप्त गरे भने सेकेण्ड रनर अप डिम्पलले स्मार्ट मोवाईल सेट साथै नगद ५ हजार प्राप्त गरेको कार्यक्रम संयोजक क्षितिज सुनुवारले जानकारी दिए ।

 

उत्कृठ १२ जना प्रतिस्पर्धीहरुलाई एसएमएस भोटिङको माध्यमवाट तथा निर्णयकले दिएको अंकका आधारमा विजेता, उपविजेताको निर्णय लिईएको थियो । एसएमएस भोटिङ प्रणाली ताप्लेजुङ हुने प्रतियोगितामा पहिलो पटक प्रयोग गरिएको थियो । प्रतिस्पर्धीहरुले १ लाख ५० हजार भन्दा वढि एसएमएस भोट प्राप्त गरेका थिए ।

 

आयोजकले निर्णय पारदर्शी वनाउन प्रोजेक्टरको माध्यमवाट भोट सार्वजनिक पनि गरेको दोखु युवा क्लवका सल्लाहकार अशोक आङ्वुहाङले वताए । ग्राण्ड फिनालेमा राष्ट्रिय कलाकारहरु आशिस राना (लाउरे), गायिका मिना निरौला,गायक डिजराज पौडेल, बुगीवुगी डान्सर रविन भुजेल, हास्य कलाकार भरतमणी पौडेल लगायतले प्रस्तुती दिएका थिए ।
 

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा