‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को उपाधी प्रतिभालाई

प्रदेश नं. १ कै अहिले सम्मकै ठूलो धनराशीको पुरस्कार दावी गरिएको खुल्ला नृत्य प्रतियोगिता ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को उपाधी प्रतिभा लिम्बूले जितेकी छिन । दोखु युवा क्लवले विगत तिन महिना अघि सुरु गरेको नृत्य प्रतियोगितको फाईनल मंगलवार भएको हो ।

प्रतियोगिताको फस्ट रनर अप पाँचथरका रोशन मगर भ एभने सेकेण्ड रनर अप ताप्लेजुङकै मैवाखोला गाउँपालिकाकी डिम्पल तामाङ भएकी छिन् । प्रथम हुने प्रतिभाले २ लाख वरावरको स्कुटर प्राप्त गरेकी छिन् । साथै फस्ट रनर अप रोशनले ल्यापटप साथै नगद साढे सात हजार प्राप्त गरे भने सेकेण्ड रनर अप डिम्पलले स्मार्ट मोवाईल सेट साथै नगद ५ हजार प्राप्त गरेको कार्यक्रम संयोजक क्षितिज सुनुवारले जानकारी दिए ।

 

उत्कृठ १२ जना प्रतिस्पर्धीहरुलाई एसएमएस भोटिङको माध्यमवाट तथा निर्णयकले दिएको अंकका आधारमा विजेता, उपविजेताको निर्णय लिईएको थियो । एसएमएस भोटिङ प्रणाली ताप्लेजुङ हुने प्रतियोगितामा पहिलो पटक प्रयोग गरिएको थियो । प्रतिस्पर्धीहरुले १ लाख ५० हजार भन्दा वढि एसएमएस भोट प्राप्त गरेका थिए ।

 

आयोजकले निर्णय पारदर्शी वनाउन प्रोजेक्टरको माध्यमवाट भोट सार्वजनिक पनि गरेको दोखु युवा क्लवका सल्लाहकार अशोक आङ्वुहाङले वताए । ग्राण्ड फिनालेमा राष्ट्रिय कलाकारहरु आशिस राना (लाउरे), गायिका मिना निरौला,गायक डिजराज पौडेल, बुगीवुगी डान्सर रविन भुजेल, हास्य कलाकार भरतमणी पौडेल लगायतले प्रस्तुती दिएका थिए ।
 

प्रतिकृया दिनुहोस

पर्यटन प्रवर्द्धनमा चीनको चासो, चीनमा नेपाली जहाज लैजान सकारात्मक

काठमाडौं - नेपालको पर्यटन प्रवर्द्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ ।  नेपाललाई प्रमुख

पर्यटन प्रवर्द्धनमा चीनको चासो, चीनमा नेपाली जहाज लैजान सकारात्मक

काठमाडौं - नेपालको पर्यटन प्रवर्द्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ ।  नेपाललाई प्रमुख

विलासी जीवनले मधुमेहका रोगी बढ्दै, साँझ ७ बजेपछि खाना नखान सुझाव

चितवन - असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि