धनतेरसमा सुन ४० किलो, चाँदी ५०० किलो बिक्री

काठमाडौं, कात्तिक २० । यो वर्षको धनत्रयोदशीका दिन झण्डै ४० किलो सुन र पाँचसय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ ।

यो दिन सुन तथा चाँदीको व्यापार अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षभन्दा कम भएको छ ।

अचेल सामान्य दिनमा सुन २५ किलो हाराहारी बिक्री भइरहेको छ । चाँदी दुई सय ५० किलोसम्म व्यापार भइरहेको छ ।

धनत्रयोदशीमा अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षको तुलनामा कम नै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । विगतमा यस दिन ५० किलोसम्म सुन बिक्री हुने गर्थ्यो । –नागरिक दैनिकबाट

 

प्रतिकृया दिनुहोस

आजदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

काठमाडौं - मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ

डलर सटहीमा कटौती, १५०० डलरभन्दा बढी साट्न नपाइने

काठमाडौं, कात्तिक २६ । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी

अनुगमनमा मन्त्रीको मनपरीः जन्मदिनमा सरकारी खर्च !

काठमाडौं । अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको