दिपावली कपको उपाधीका लागि न्यू कंचनजंघा र द राईजिङ युनाईटेड भिड्दै

 गत मंगलवारदेखि मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्वाको सांङ्लुप्पामा सुरु भएको फुटवल खेलको आज फाईनल हुँदैछ । उपाधीका लागि आयोजक न्यू कंचनजंघा स्पोर्टिङ क्लव सेतो र द राईजिङ युनाईटेड फुङलिङ विच प्रतिस्पर्धा हुँदैछ ।

 

खेल विहान ११ वजेपछि महेन्द्र माविको खेल मैदानमा सुरुहुनेछ । आयोजक न्यू कंचनजंघा स्पोर्टिङ क्लव सेताले सेमिफाईन चरणमा न्यू लालिमा युवा क्लव फुन्द्रलाई ट्राईवेकरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

 

यता द राईजिङ युनाईटे फुङलिङले प्रगतिशिल युवा क्लव मेरिङदेन ४ लिङतेपलाई ट्राईवेकर मै स्तव्ध पारेको थियो । 
खेल राष्ट्रिय रेफ्रि विके थलङले खेलाउने आयोजकले वताएको छ । खेल समापन कार्यक्रममा मैवाखोला गाउँपालिका अध्यक्ष राजन थक्लुङ, उपाध्यक्ष कौसिला थक्लुङ, वडा नं ६ का वडाध्यक्ष विष्णु प्रसाद नेयोङको उपस्थिति रहने आयोजकले वताएको छ ।

 

प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो । विजेताले नगद ५५ हजार र उपविजेताले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने न्यू कंचनजंघा स्पोर्टिङ क्लवका अध्यक्ष सुरज लिम्बूले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा