मलेसियामा कामदारको पारिश्रमिक वृद्धि, न्यूनतम ११ सय रिंगिट

काठमाडौं । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।

शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् ।

सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।

हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा (पेनिन्सुलार मलेसिया) मा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ ।

हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।

सरकारले केही महिनाअघि पारिश्रमिकमा बृद्धि गरी आगामी वर्ष जनवरीदेखि लागू हुने गरी एक हजार ५० रिंगिट कायम गरिने जनाएको थियो ।

त्यसपछि कामदारसँग सरोकारवाला विभिन्न संघसंस्थाहरु मलेसियन ट्रेड युनियन कंग्रेस, नेशनल युनियन अफ बैंक ईम्प्लोइज, मलेसिया मुडा, पार्टी सोसियालिस्‌लगायत संस्थाका सयभन्दा बढी प्रतिनिधिहरुले संसद भवन बाहिरसमेत प्रदर्शन गरेका थिए ।

ती मागका सम्बन्धमा मानव संशाधन मन्त्री एम कुला गेसरनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मन्त्री कुलाले ती मागका सम्बन्धमा अबिलम्ब मन्त्रिपरिषद्‍मा छलफल गरिने वचनबद्धता दिएका थिए । -कान्तिपुर दैनिकबाट

 

प्रतिकृया दिनुहोस

चिनीको मूल्य बढाउन फेरि चलखेल

काठमाडौं, पुस ३० । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ / बिपद्का समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित कञ्चनजंघा सामुदायिक बहुमुखी