नेकपाका कार्यकर्ताले गोलि चलाउदा कांग्रेसका कार्यकर्ताको मृत्यु,चार जना घाइते

सर्लाही / सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ । बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद विरेन्द्र सिंहले जानकारी दिनुभयो । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।

घाइते लिन गएको एम्बुलेन्समासमेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उहाँले जानकारी दिनुभयो । सोमबार बिहान यही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वाडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमासमेत तोडफोड गरेका छन् । त्यस स्थानमा केही बेर अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठाइएको छ ।

प्रतिकृया दिनुहोस

गोविन्द केसीलाई चुनौती, चिकित्सा विधेयक हुबहु पारित हुनुपर्ने माग गर्दै एक युवक अनशनमा

इलाम, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ