मलेसिया रोजगारी खुल्दै, यस्तो भयो दुई देशबीच समझदारी

काठमाडौं । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आज(आइतबार) काठमाडौं आउँदैछन् ।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तया भएको छ ।

यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आएका हुन् । यसअघि संचालनमा रहेका बायोमेडिकल(बायोमेट्रिक) ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मलेसियाबीच (एमओयु) हुन थालेको हो ।

६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।

समझदारीमा मुख्य बुँदाहरु

-कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले ब्यहोर्ने 

-जेठ २ गतेअघि सन्चालनमा रहेको सिस्टमको निरन्तरता

-म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउने 

-दुई देशबीच भएका सहमति तोड्नु परे दुई देशको पुनः सहमति आवश्यक पर्ने 

-कामदारको आतेजाते टिकट रोजगारदाताले ब्यहोर्ने

-स्वास्थ्य विमाको ब्यवस्था

-बर्षौदेखिको अब्यवस्थित मलेसिया रोजगारी ब्यवस्थित हुने सम्भावना 

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट

२४ घण्टाभित्र चारवटा विमान आपतकालीन अवतरण

भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।  आइतबार,

अमेरिकी पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुग्दा.. (भिडियाेसहित)

एजेन्सी । क्रिसमसको अवसरमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपहारकाे पाेको बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगेका छन् । बुधबार