“ताप्लेजुङ डान्स स्टार सिजन २” का प्रतिष्प्रधीहरुद्धारा खुला भोट अपिल

दोखु युवा क्लबद्धारा ताप्लेजुङमा जारी “ताप्लेजुङ डान्स स्टार सिजन २” का प्रतिष्प्रधीहरुले आज सदरम्ुकाममा खुला भोट अपिल गरेका छन ।

 

चौथो अडिसनबाट फाईनलका लागी छनौट भएका टप १२ फाईनल प्रतिस्प्रधीहरुले जिल्लाको तोक्मे स्थित खुला मैदानमा कार्यक्रम गर्दै सार्वजनिक रुपमा भोट  अपील गरेका हुन ।

प्रदेश नंं १ कै सर्वाधिक पुरस्कार राशि दावी गरीएको “ताप्लेजुङ डान्स स्टार सिजन २” को फाइनल यहि कार्तिक २० गते हुने कार्यक्रम संयोजक क्षितीज सुनुवारले जानकारी दिनुभयो ।

फाईनलमा रयापर तथा गायक आशिस राना (लाउरे), गायिका मिना निरौला, गायक डिजराज पौडेल, डान्सर रविन भुजेल, हास्य कलाकार भरतमणी पौडेल लगायतका राष्ट्रीय कलाकारको उपस्थिती रहने आयोजकको भनाई छ ।

सो प्रतियोगितामा प्रथम हुनेले २ लाख मुल्य बराबरको स्कुटर, द्धितीय हुनेले ५० हजार मुल्य बराबरको ल्याप्टप र तेस्रो हुनेले २५ हजार मुल्य बराबरको मोबाईल फोन साथै प्रमाण पत्र प्राप्त गर्नेछन । 
 

प्रतिकृया दिनुहोस

'छक्का पञ्जा ३' ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला

यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते  घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ

तमोर हालखबर २०७५ असोज २१ गते आईतबार साँझ ६ बजेको

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर हुने ताप्लेजुङमा आगामी कार्तिक १६ र १७ गते मुटु रोग सहित विभिन्न जटिल रोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर

भोलिदेखि अनुराग प्रदर्शनमा, प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, ११ असोज । पत्रकार ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ भोलि असोज १२ गते शुक्रबारदेखि देशैभरि प्रदर्शनमा आउँदैछ