उपाधीका लागि रेड स्टार क्लव झापा र संघर्ष स्पोटिङ क्लव ताप्लेजुङ भिड्ने

गत कार्तीक ५ गते देखि थेचम्वूमा जारी सनलाईट युनाईटेड युथ क्लवद्धारा अयोजित खुला फुटवल प्रतियोगिताको उपाधीका लागि रेड स्टार क्लव झापा र संघर्ष स्पोटिङ क्लव भिड्ने भएका हुन् ।

भोली मध्यान्ह १२ वजे थेचम्वू माविको खेल मैदानमा हुने फाईनल खेलमा उपाधीका लागि यी दुई टोली मैदान उत्रदैँ छन् । आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा रेड स्टारले ट्राईवेकरमा ४–३ गोल अन्तरले सामाजिक युवा क्लव ताप्लेजुङलाई हराउँदै फाईनलको वाटो तय गरेको थियो।

 

निर्धारित समयमा १–१ को वरावरी भएपछि खेलको निर्णय ट्राईवेकरवाट लिईएको थियो । यता आज नै सम्पन्न दोस्रो सेमिफाईनल खेलवाट संघर्ष स्पोटिङ क्लव फाईनलमा पुगेको छ । संघर्ष स्पोटिङ क्लवले मिसन युनाईटेड युवा क्लव विरुद्ध २–१ गोल अन्तरको नतिजा निकाल्द फाईनलमा पुगेको हो । 


यता थेचम्वुमा नै जारी जिल्ला स्तरिय रेटिङ चेस टुर्नामेन्टको उपाधी सन्तोष पालुंवाले जितेका छन् । प्रतियोगिताको दोस्रंो स्थान जिवन मादेन र तेस्रो स्थान पवन मेन्याङवोले हात पारेका छन् । प्रथमले नगद  १७ हजार, द्धितियाले नगद १२ हजार र तेस्रो हुनेले नगद १० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस्मा विद्यागत तर्फ १५ जनालाई पुरस्कृत गरिने थेचम्वू वद्धिचाल संघका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिनुभयो ।  
 

प्रतिकृया दिनुहोस

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलाे जित

आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।  लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई

मेस्सीले दुई गोल गरे तर, टरेन बार्सिलोनाको हार

काठमाडौं । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीको दुई गोलका बाबजुद बार्सिलोनाले घरेलु मैदानमा दुई वर्षमा पहिलो लिग म्याच हारेको छ । आइतबार राति

म्यानचेष्टर डर्बी जित्दै सिटी शीर्ष स्थानमा फर्कियो

काठमाडौं । म्यानचेष्टर डर्बी जित्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटीले युनाइटेडलाई ३–१ ले हराएको हो