नेकपाको चियापान शुरु

काठमाडौँ, १० कात्तिक ः विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले स्वागत गर्नुहुनेछ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।

प्रतिकृया दिनुहोस

संसदमा अब उचाल्न नमिल्ने कुर्सी !

काठमाडौं, कात्तिक २८ । संसद सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एक अर्कासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको दोस्रो

काँग्रेसभन्दा कम्युनिष्ट खर्चालुः चियापानमा कति भयो खर्च ?

काठमाडौं । सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरू

नेकपाको तल्लो तहमा अझै दुई पार्टी

काठमाडौं, कात्तिक २६ । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक