पीपीएलमा आज पारस र सोमपाल तथा दिपेन्द्र र ज्ञानेन्द्रको टिमबीच प्रतिस्पर्धा

काठमाडौं – पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट अन्तर्गत शनिबार २ वटा खेल हुने भएका छन् । 

पहिलो खेलमा शनिबार बिहान ९ बजे चितवन राहिनोज र बुटवल ब्लास्टर्स भिड्ने छन् । चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल पनि ओपनर बलर तथा अलराउण्डर सोमपाल कामीको कप्तानीमा रहेको छ ।

यसैगरी शनिबार दिउँसो १ बजे काठमाडौं रोयल्स र धनगढी ब्लूज भिड्ने छन् । काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा रहँदा धनगढीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्समाथि ५८ रनको जित निकालेको थियो ।

प्रतिकृया दिनुहोस

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलाे जित

आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।  लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई

मेस्सीले दुई गोल गरे तर, टरेन बार्सिलोनाको हार

काठमाडौं । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीको दुई गोलका बाबजुद बार्सिलोनाले घरेलु मैदानमा दुई वर्षमा पहिलो लिग म्याच हारेको छ । आइतबार राति

म्यानचेष्टर डर्बी जित्दै सिटी शीर्ष स्थानमा फर्कियो

काठमाडौं । म्यानचेष्टर डर्बी जित्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटीले युनाइटेडलाई ३–१ ले हराएको हो