एयरलाइन्सको सिन्डिकेटका कारण चामल ढुवानीमा समस्या

काठमाडौं, कार्तिक ९ । चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नु परेको छ ।

दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरु सम्झौताअनुसार ढुवानी नगरी यात्रु ओसार्न लागेको संस्थानले जनाएको छ ।

सहमतिअनुसार प्रत्येक एयरलाइन्सले २५० क्विन्टलका दरले दसैं अगाडि नै एक हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर उनीहरुले ३३५ क्विन्टलमात्रै ढुवानी गरे ।

‘यात्रु ओसार्दा बढी पैसा पाउने भएपछि एयरलाइन्सले ढुवानी गरेनन्,’ संस्थानका महाप्रवन्धक योगेन्द्र गौचनले भने, ‘एयरलाइन्सले सिन्डिकेट गरी खाद्यान्न ढुवानी गरेनन् ।’ –कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

आजदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

काठमाडौं - मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ

डलर सटहीमा कटौती, १५०० डलरभन्दा बढी साट्न नपाइने

काठमाडौं, कात्तिक २६ । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी

धनतेरसमा सुन ४० किलो, चाँदी ५०० किलो बिक्री

काठमाडौं, कात्तिक २० । यो वर्षको धनत्रयोदशीका दिन झण्डै ४० किलो सुन र पाँचसय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान