टेलिकमको सेयर : जनता ढाँटिदै छन्

अर्थ मन्त्रालयले आफूसँग रहेको नेपाल टेलिकमको सेयर बिक्रीका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेर सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । सुरूमै महँगो प्रिमियम जोडेर बढाबढमा बिक्री गर्न लागेको यो सेयर सार्वजनिक निष्कासन भने होइन । सरकारले आफूसँग रहेको टेलिकमको सेयर बेचेको मात्र हो । त्यसैले यो सेयर धितोपत्र बजारमा सूचीकृत हुन कानुनले दिँदैन । कुनै पनि कम्पनीले सार्वजनिक निष्कासन नगरी धितोपत्र बजारमा सूचीकृत हुन नसक्ने प्रावधान छ ।

टेलिकमको सेयर पनि मात्र सरकारको हातबाट अरूको हातमा पुर्‍याउने गरी निष्कासन गरिएको छ । यो त केही समयअघि नेपाल औद्योगिक विकास निगमले नबिल बैंकको संस्थापक सेयर बिक्री गरेजस्तै हो । त्यति बेला निगमबाट सेयर किन्नेहरू जसरी संस्थापककै हैसियतमा रहे र धितोपत्र बजारबाट बिक्री गर्न सकेनन् त्यसै गरी टेलिकमको सेयर किन्नेहरू पनि हिजो अर्थमन्त्रालयले सेयर होल्ड गर्दाकै अवस्थामा रहन्छन् भन्ने कानुनले देखाउँछ । त्यसैले यो सेयरमा जनताले करोडौं लगानी गर्छन् र भोलि कानुनतः सूचीकृत हुन नसक्ने अवस्था सिर्जना भएर विक्री गर्न पाएनन् भने के गर्ने भन्ने विकल्प सरकारसँग छ त ? यसका लागि कि कानुन मिच्नुपर्छ कि कानुन परिवर्तन गर्नुपर्छ । त्यसले यसबारे नियमन निकायहरूसहित सरकारको पनि धारणा सार्वजनिक गरोस् ।

यस्तै सेयर मूल्य घटाउन अनेक भाषणमात्र होइन, बाजागाजा नै बजाउँदैै हिँड्ने धितोपत्र बोर्डलगायत राष्ट्र बैंकसँग पनि मेरा केही जिज्ञासा छन् । केही समययता केही कम्पनीको सेयर अनावश्यक रूपले बढाएको छ भन्ने तर्कप्रति म सहमत छु । तर, तिनको मूल्य घटाउने नाममा नियमन निकायहरू सेयरप्रति सकेसम्म सर्वसाधारणमा वितृष्णा फैलाउन चाहन्छन् र सेयरलाई कागजको खोस्टामा सीमित गर्न चाहन्छन् भन्ने यिनीहरूको पछिल्लो हर्कतले देखाएको छ । मार्जन ऋणमा रोक, बैंकका तरलताको कमी, विभिन्न नयाँ कम्पनीहरूको नयाँ सेयर निष्कासन आदि कारण दोस्रो बजारमा समस्या सिर्जना भए पनि नियमन निकायको चेत खुलेको देखिन्न ।

प्रतिकृया दिनुहोस

आजदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

काठमाडौं - मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ

डलर सटहीमा कटौती, १५०० डलरभन्दा बढी साट्न नपाइने

काठमाडौं, कात्तिक २६ । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी

धनतेरसमा सुन ४० किलो, चाँदी ५०० किलो बिक्री

काठमाडौं, कात्तिक २० । यो वर्षको धनत्रयोदशीका दिन झण्डै ४० किलो सुन र पाँचसय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान