तीन रेल सेवाको सर्भेक्षण हुँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ ।

भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उहाँले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । 

महासचिव यचुरीले नेपालको विकास, ऊर्जा र पयर्टनका सम्भावनाका बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनलाई प्राथमिकतामा राखिएको तथा सौर्य ऊर्जा, जीओ थर्मल र गुरुत्व आकर्षणबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया पनि अघि बढेको बताउनुभयो ।

यही अवसरमा भाकपा(मार्क्सवादी)का केन्द्रीय सदस्य जोगेन्द्र शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपाका केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजाल सहभागी हुनुहुन्थ्यो । 

प्रतिकृया दिनुहोस

संसदमा अब उचाल्न नमिल्ने कुर्सी !

काठमाडौं, कात्तिक २८ । संसद सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एक अर्कासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको दोस्रो

काँग्रेसभन्दा कम्युनिष्ट खर्चालुः चियापानमा कति भयो खर्च ?

काठमाडौं । सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरू

नेकपाको तल्लो तहमा अझै दुई पार्टी

काठमाडौं, कात्तिक २६ । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक