हाङपाङमा जारी अन्तर क्लब फुटबल प्रतियोगीता अन्र्तगत आज ३ खेल

ताप्लेजुङ , असोज ३० / आठराई त्रिवेणी गाउँपालिका वडा नंं ३ हाङपाङमा जारी अन्तर क्लब स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगीता अन्र्तगत आज ३ खेल भएका छन ।

आज भएको खेलमा महिला तर्फ आयोजक टिम मुनलाईट युवा क्लब हाङपाङले तमोर मैवा युवा क्लब खाम्लुङलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

पुरुष तर्फको क्वाटर फाईनलको खेलमा शान्ती युवा क्लब हाङपाङ र आठराई हाङ्पाङ भिड्दा निर्धारित समयमा गोल हुन नसकेपछी ट्राईबेकरमा शान्ती युवा क्लबले ५–३ को जित निकालेको छ ।

आजै भएको अन्तिम खेलमा सेनलभ युवा क्लब खाम्लालुङलाई सिर्जन शिल युवा क्लब ढुङ्गेसाघुले १–३ गोल अन्तरले हराएको छ । खेलको फाईनल कार्तिक १ गते हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम र द्धितीय हुनेले क्रमश ७५ हजार ४५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने महिला तर्फ प्रथम र द्धितीय हुनेले क्रमश २० हजार र १२ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने मुनलाईट स्र्पाटीङ युवा क्लबका अध्यक्ष अशोक आङबुहाङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा