गडिडाँडा च्यालेन्ज रनिङ्कपको उपाधि विसीएस मेमोरियल सावदेनलाई

ताप्लेजुङ , असोज ३०  दसैँ तथा तिहारको अवशर पारेर ताप्लेजुङको गडिडाँडामा जारी गडिडाँडा च्यालेन्ज रनिङ्कप अन्तर क्लव स्तरिय पुरुष फुटवल प्रतियोगिताको उपाधि विसिएस मेमोरियल सावदेनले चुमेको छ ।

आज भएको फाईनल खेलमा तमु स्र्पोटिङ युवा क्लव हाङदेवालाई २–० गोल अन्तरले पछि पार्दै उपाधी हात पारेको हो । उपाधीका लागि विसिएसका अर्जुन लिम्बूले १६ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हापको अन्तीम समयमा दिपक लिम्बूले विसीएसका लागि दोस्रो गोल गर्दै टिमलाई २–०को अग्रता दिलाएका हुन । हिजो भएको  सेमिफाईनल चरणको खेलमा मिनि स्र्पोटिङ क्लवलाई ट्राईवेकरमा ३–२ गोल अन्तरले पछि पार्दै फाईनलमा पुगेको तमु स्र्पोटिङ युवा क्लव हाङदेवाले भने उपविजेतामै चित्त वुझाएको छ ।  

विद्यागत तर्फ बेस्ट डिफेन्डरमा विसिएसका अर्जुन लिम्बू वेस्ट प्लेयर विसिएसकै दिपक लिम्बू, हाईस्कोरर विसिएसकै मन्जित लिम्बू, वेस्ट फर्वाड विसिएसका मनिस वस्नेत र वेस्टकिपीङ दिपेन ओझा भएका छन् । त्यसैगरि उदयमान खेलाडीमा तमु स्र्पोटिङका सुरेन गुरुङ लाई पुरस्कृत गरिएको छ ।

उनिहरुले जनही २ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । खेलमा प्रथम हुनेले ८० हजार १ सय ८१ र द्धितीय हुनेले ५० हजार १ सय ५१ रुपैया सहित ट्रफी र प्रमाण पत्र सहित ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन ।

प्रतिकृया दिनुहोस

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलाे जित

आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।  लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई

मेस्सीले दुई गोल गरे तर, टरेन बार्सिलोनाको हार

काठमाडौं । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीको दुई गोलका बाबजुद बार्सिलोनाले घरेलु मैदानमा दुई वर्षमा पहिलो लिग म्याच हारेको छ । आइतबार राति

म्यानचेष्टर डर्बी जित्दै सिटी शीर्ष स्थानमा फर्कियो

काठमाडौं । म्यानचेष्टर डर्बी जित्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटीले युनाइटेडलाई ३–१ ले हराएको हो