गडिडाँडा च्यालेन्ज रनिङ्कपमा उपाधिका लागि तमु स्र्पोटिङ हाङ्देवा र विसिएस मेमरियल सावदेन भिड्दै

दसैँ तथा तिहारको अवशर पारेर ताप्लेजुङको गडिडाँडामा जारी गडिडाँडा च्यालेन्ज रनिङ्कप अन्तर क्लव स्तरिय पुरुष फुटवल प्रतियोगिताको उपाधिका लागि आज तमु स्र्पोटिङ युवा क्लव हाङदेवा र विसिएस मेमरियल युवा क्लव सावदेन भिड्ने भएका छन् ।

 

दिउँसो २ वजेदेखि सुरु हुने फाईनल खेलमा दुवै टोली उपाधी चुम्ने दाउमा हुनेछन् । हिजो भएको  सेमिफाईनल चरणको खेलमा विसिएस मेमरियल युवा क्लव सावदेनले ट्राईवेकरमा ५–४ गोल अन्तरले इभरग्रिन युवा क्लवलाई पराजित गर्दैै फाइनल प्रवेश गरेको थियो ।

 

यता दास्रो सेमिफाईनल खेलको निर्णय पनि ट्राईवेकर मार्फत लिईएको थियो । दोस्रो सेमिफाईनलमा मिनि स्र्पोटिङ क्लवलाई ट्राईवेकरमा ३–२ गोल अन्तरमा तमु स्र्पोटिङ युवा क्लव हाङदेवाले स्तव्ध पारेकोे थियो ।

खेलमा प्रथम हुनेले ८० हजार १ सय ८१ र द्धितीय हुनेले ५० हजार १ सय ५१ रुपैया सहित ट्रफी र प्रमाण पत्र सहित ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन ।
 

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा