तमोर हालखवर २०७५ असोज २७ गते शनिबार विहान ८ः३० वजे


बडादसैंको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै
बडा दसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदै छ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख छ ।उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत्लगायतका ग्रन्थहरुमा उल्लेख छ ।कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बली समेत चढाउने गरिन्छ ।

आज अक्टुबर १३ आर्थात “अन्तराष्ट्रिय विपद जोखम न्यनीकरण दिवस” 
आज अक्टुबर १३ आर्थात “अन्तराष्ट्रिय विपद जोखम न्यनीकरण दिवस” विश्व भरी विभीन्न कार्यक्रम गरी मनाईदैछ । “ विपद जोखीम न्युनीकरणका लागी लगानी बढाऔ, आर्थिक क्षती घटाऔ” भन्ने नाराका साथ आज दिवस मनाउन लागीएको हो । यो दिवस सन १९८९ देखी विश्वभरी मनाउन थालिएको हो । यता ताप्लेजुङमा पनी यो दिवस मनाईएको छ । सो आवसरमा विहान तोक्मे डाडाँबाट  विरेन्द्र चौक सम्म व्यानर र प्लेकार्ड सहित को ¥याली निकालीएको जिल्ला रेडक्रम सोसाईटी ताप्लेजुङका मन्त्री विकास गौतमले जानकारी दिनुभयो । 

‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को चौ्रथो अडिसन आज 
प्रदेश नं. १ कै अहिले सम्मकै ठूलो धनराशीको पुरस्कार दावी गरिएको खुल्ला नृत्य प्रतियोगिता ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को चौ्रथो अडिसन आज हुदैछ ।  ताप्लेजुङका ९ ओटै स्थानिय तह, पाँचथर र तेह्रथुम सहित इलामका प्रतिश्पर्धी सहभागि तेस्रो चरणवाट छनौट भएका २५ जनाबाट प्रधिस्प्रधा गराई आजको अडिसनबाट १२ जना फाईनल चरणको लागी छनौट हुनेछन । छनौट भएका १२ जनाको ५० प्रतिशत मोबाईल एमएमएस भोटीङ वाट भोटिङ प्रणालीमार्फत विजेता, उपविजेता र तृतीयको घोषणा गरिने क्लबका सचिव तथा कार्यक्रम संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो ।  विभिन्न चरणको छनोट सम्पन्न गरी आगामी २०७५ सालको दीपावलीको अवसरमा प्रतियोगिताको फाइनल कार्यक्रम गर्ने योजना बनाएको 
संयोजक  सुनुवारले जानकारी दिनुभयो ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को विजेताले दुई लाख रुपियाँ मूल्य बराबरको स्कुटर पुरस्कार पाउने छ । यस्तै उपविजेताले ५० हजार रुपियाँ मूल्य बराबरको ल्यापटप र तृतीय हुनेले २५ हजार रुपियाँ मूल्य बराबरको मोबाइल सेट प्राप्त गर्ने छन् । 

घमाईलो टोल विकास संस्थाले आज सरसफाई कार्यक्रम 
फुङ्लिङ नगरपालिका ७ स्थित घमाईलो टोल विकास संस्थाले आज सरसफाई कार्यक्रम गरेको छ । सो संस्थाले आज विहान रेडियो तमोरको कार्यलय बाट कफी हाउस सम्मको टोलमा सरसफाई कार्यक्रम गरेको छ । चाडपर्व नजिकीए संगै गाँउँ गाउँमा पनी बाटो सरसफाई गरीने परम्परा रहेको छ । 

नेपाल विश्वकै छुट्टै पहिचान भएको देश हो : प्रधानमन्त्री 
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । राजधानीमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेकोे भूमिकाको सराहना गर्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्छ भन्नुभयो । उहाँले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख गर्नुभयो । नेपालको मौलिक संस्कृति विश्वसामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वकै छुट्टै पहिचान भएको देश हो भन्नुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको योगदान महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीको वातावरण सिर्जना गर्ने बताउनुभयो ।

 
एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेकोे भूमिकाको सराहना गरे । मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्ने बताए ।

हरेक ७ गते प्रधानमन्त्रीले मन्त्रालयका काम हेर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले अब हरेक महिनाको ७ गते मन्त्रालयहरूले गरेका कामको मूल्यांकन गर्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सफ्टवेयर बनाएर हरेक मन्त्रालय कामको अनुगमन गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव बिनोदबहादुर कुँवरले जानकारी दिए।शुक्रबार मुख्यसचिव लोकदर्शन रेग्मीले सबै मन्त्रालयका सचिवलाई बोलाएर कात्तिक ७ गतेभित्र मन्त्रालयको कार्यसम्पादन सफ्टवेयरमा अपलोड गर्न निर्देशन दिएका हुन्सफ्टेवयरले रातो, हरियो, पहेँलो सूचकमा कार्यप्रगति देखाउँछ। वर्गीकरणमा रातो देखिएका मन्त्री र मन्त्रालय जोखिमपूर्ण हुन्छन्। हरियो देखिएमा निगरानीमा भने पहेँलो देखिएमा सन्तोषजनक मानिनेछ। जुन मन्त्रालयको कार्यप्रगति रातो देखिन्छ उसलाई प्रधानमन्त्रीले कारबाही गर्न सक्छन्।आजको बैठकमा सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य र कृषि मन्त्रालयका कामसम्पादनबारे व्यापक जनगुनासो आएको भन्दै  ती मन्त्रालयका सचिवहरूलाई प्रभावकारी काम गर्न मुख्यसचिव रेग्मीले निर्देशन दिएका थिए।बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले सरकारी ठेक्कामा भइरहेको ढिलासुस्तिबारे अख्तियारले बनाएको एक्सन प्लान प्रस्तुत गरेका थिए।निर्माण व्यवसायीले जिम्मेवारी लिएअनुसार काम  पूरा नगर्ने, सुरु नै नगर्ने समस्याले विकास निर्माणमा ढिलाइ भएको भन्दै उनीहरुलाई जिम्मेवार बनाउन एक्सन प्लान बनाइएको हो।मन्त्रालयका कार्यप्रगति हेर्न प्रधानमन्त्री कार्यालय मातहत ११ वटा महाशाखाहरु छन्। यी महाशाखाको नेतृत्व सहसचिवले गर्छन् भने पाँच जना सचिवले सम्पूर्ण गतिविधिबारे जानकारी राख्ने व्यवस्था मिलाइएको छ।जिम्मेवारीअनुसार कार्य सम्पादन गरे वा नगरेको सहसचिवलाई सचिवले सचिवलाई मन्त्रीले र मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको छ। यस्तै सबै मन्त्रालयका नीति कार्यक्रमबारे वैज्ञानिक रूपमा अध्ययन भने कम्प्युटर मनिटरिङमार्फत् हुनेछ। मन्त्री र मन्त्रालयले लक्ष्यअनुसार काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा अनुगमन गर्न लागेको हो।

२९ गतेबाट श्रीपेच प्रदर्शनीमा, पहिलो अवलोकन प्रधानमन्त्रीबाट
बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको पहिलो अवलोकन गर्ने भएका छन् ।नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो ।संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट(टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ ।संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा ती सामाग्री राख्न लागिएको हो ।पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेचलगायतका सामाग्री वि.स.२०६५ जेठ २९ गते शैलुनमा राखिएको थियो । 

काँग्रेसलाई आफैंभित्र जुध्दैमा ठिक्क
कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक संघर्षमा फसेका छन् । उनले संस्थापनइतर पक्षलाई विश्वासमा लिएर काम गर्न सकेका छैनन् । उनका हरेक निर्णय आलोचित छन् । प्रतिपक्षसँग यतिबेला अनगिन्ती राष्ट्रिय मुद्दा छन् तर कांग्रेस त्यस्ता मुद्दातिर होइन, आफ्नै पार्टीभित्र जुधिरहेको छ । दसंैको मुखमा महँगीले जनता आक्रान्त छन् । हत्या–हिंसाका घटना कम भएका छैनन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अझै कानुनी दायरामा ल्याइएको छैन । शान्ति–सुरक्षाको स्थिति कमजोर बन्दै गएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना राजनीतिक दाउपेचले अनिश्चित बनेको छ । वाइडबडी जहाज खरिद अनियमितता प्रकरण छताछुल्ल छ । राजधानीकै सडक बन्न सकेका छैनन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सुदूरपश्चिमको राजधानी मुद्दा पेचिलो बन्दै गएका छन् । सरकारको काम प्रभावकारी छैन । तर, यी सबै मुद्दामा प्रतिपक्षको भूमिका कहाँनेर छ ? केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले औपचारिक रूपमा निर्णय गरेर यी विषयमाथि धारणा राखे पनि संसदीय अभ्यासमा कांग्रेस अहिले जति कमजोर कहिल्यै नभएको स्वयं पार्टी नेताहरू स्वीकार्छन् । 

संसदीय समितिको काम अब क्यालेन्डरअनुसार 
संसदीय व्यवस्था अवलम्बन गरेको धेरै मुलुकमा संसद् कति समय चलाउने वार्षिक कार्यतालिका नै छ । संसदीय प्रक्रियामा मान्य रहेका अधिवेशनमा कुन–कुन कामलाई प्राथमिकता दिने पूर्वनिर्धारित योजनाअनुसार काम अघि बढ्छ ।नेपालमा प्रजातान्त्रिक व्यवस्था पुनर्वहालीपछि पनि तीन दशकदेखि संसदीय अभ्यास जारी छ । तर, संसदले आफ्नो क्यालेन्डर अनुसार काम अघि बढाउन सकेको पाइन्न । यसको ज्वलन्त उदाहरण कतिपय अधिवेशन चार दिनका र कतिपय १३ महिनासम्मका हुने गरेका छन् । पछिल्लो समय सङघीय संसद्मा क्यालेन्डर बनाएरै अघि बढ्नु पर्ने माग बढिरहेको छ । कार्यतालिका नहुँदा सदनको छलफलदेखि जनप्रतिनिधिका धेरै काम प्रभावित छन् । कानुन निर्माणका विषयमा त सदन सरकारकै दिन कुरेर बस्नुपर्ने अवस्था छ । संविधानसभाको अवधिमा राजनीतिक विषयमा कुनै पनि बेला छलफल आवश्यक हुने भएकाले क्यालेन्डर व्यवहारिक नभए पनि अब तालिकाअनुसार काम अघि बढाउनु पर्ने माग सांसद्हरुको छ । 

घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ छापाबाट
सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर, घुस लिन छाडेनन्।प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे। १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो। ‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन।


निर्मला हत्याको प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ ।मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट गर्ने, निर्दोषलाई दोषीका रूपमा प्रस्तुत गर्ने र सत्यतथ्य अनुसन्धान नगरी अपराध ढाकछोप गर्न खोज्नेहरू सजायका भागिदार हुन् । ‘कसैले कुनै कसुरदारलाई बचाउने नियतले निजले गरेको कसुरसम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणका रूपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन,’ संहिताको दफा ९३ मा भनिएको छ, ‘यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’सरकारले कानुनी व्यवस्थाअनुसार तत्काल मुद्दा चलाउनुपर्ने अधिवक्ता सरोज गिरी बताउँछन् । 


नागरिक लगानी कोषलाई विश्वसनीय बनाइने
नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष डा रामचन्द्र भट्टराईले आज पदबहाली गर्दै कोषलाई थप व्यावसायिक र विश्वसनीय संस्थाका रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । कोष सञ्चालक समितिका सदस्य डा.रामशरण खरेलले डा भट्टराईलाई आज पद तथा गोपनीयताको शपथ गराएपछि उनले पदबहाली गरेका हुन् । डा.भट्टराईलाई यही असोज २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘वातावरणीय अर्थतन्त्रमा’ मा विद्यावारिधि गर्नुभएको भट्टराई हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन् । 

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन
नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो । सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन । 

पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा
टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका छन् ।साउदी वाणिज्य दूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी टर्कीका अधिकारीहरुले गरेका हुन् ।पत्रकार खसोगी बेपत्ता भएका घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ ।अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ ।टर्कीका अधिकारीहरू आफूसँग रहेको अडिओ र भिडिओ रेकर्डिङले खसोगीलाई एउटा साउदी सुरक्षा टोलीले वाणिज्यदूतावास भित्र मारिदिएको भन्ने प्रमाणित गर्नेमा विश्वस्त देखिएका छन् ।पत्रकार जमाल खसोगीलाई इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा यातना दिइएको र पछि मारिएको भन्ने प्रमाणित गर्ने अडिओ र भिडिओ प्रमाण टर्कीका अधिकारीहरुसँग रहेको बीबीसीले जनाएको छ ।

झण्डै ३ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी
सामाजिक सञ्जाल फेसबुकले शुक्रबार आफ्ना प्रयोगकर्तालाई आश्चर्यमा पार्नेगरी ठूलो खुलासा गरेको छ । अहिलेसम्म आफूलाई प्राप्त जानकारीका अनुसार २ करोड ९० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । फेसबुकका अनुसार गएको महिनामा ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको डाटा चोरेका हुन् । साइबर आक्रमणका कारण विश्वभरबाट झण्डै ५ करोड प्रयोगकर्ताका एकाउण्ट प्रभावित भएको पनि फेसबुकले जनाएको छ ।कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ ।फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन् । यो फिचरमा फेसबुक प्रयोगकर्ताले अरु मान्छेले आफ्नो प्रोफाइललगायतका चिजहरु कसरी हेरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्नेछन् । कम्पनीका सुरक्षा प्रमुख गाई रोजेनका अनुसार प्रविधिमा देखिएको त्रुटिलाई सुधार गरिएको छ ।

गडिडाँडा च्यालेन्ज रनिङ्कप फुटवल प्रतियोगितामा आज तिन खेल हुने 
फुङलिङ नगरपालिका वडा नंं १० फुरुम्बोमा जारी पहिलो गडिडाँडा च्यालेन्ज रनिङ्कप अन्तर क्लव स्तरिय पुरुष फुटवल प्रतियोगितामा आज तिन खेल हुने भएका छन् । आजको पहीलो खेलमा ईभर ग्रीन स्पोटीङ युवा क्लब ए फुङलिङ नगरपालिका  ४ र पाथिभरा मोभेट फुङलिङ नगरपालिका ५  विचको खेल जारी छ । दोस्रो खेलमा मयाम पाथिभरा युवा क्लब फुङलिङ नगरपालिका १० र तमु स्पोर्टीङ युवा क्लब ए फुङलिङ नगरपालिका ९ भिड्दा तेस्रो खेलमा विसीएच युवा क्लब फक्ताङलुङ गाउँपालिका १ र हिमकर्ण स्र्पोटिङ युवा क्लब फक्ताङलुङ गाउँपालिका ३ लिङखीम विच खेल हुनेछ । लिङ्खमीम विच खेल हुनेछ । खेलमा प्रथम हुनेले ८० हजार १ सय ८१ र द्धितीय हुनेले ५० हजार १ सय ५१ रुपैया सहित ट्रफी र प्रमाण पत्र सहित ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन । 
   
अफगानिस्तान प्रिमियर लिगमा सन्दिपको टोलीको दोस्रो जित, सन्दिप युएई पुग्दै
नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टिम नानगारहार लियोपार्डले अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा दोस्रो जित निकालेको छ।शुक्रबार राति युएईमा भएको रासिद खानको टोली काबुलमाथि लियोपार्ड १५ रनले विजयी भएको छ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लियोपार्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। यो खेलसँगै पाकतिया प्यान्थर ४ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ। यस्तै बाल्क लेजेन्डस् पनि समान ६ अंकसहित दोस्रो तथा काबुल ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ।सन्दिप लामिछानेले भने लिगका सुरूवाती ५ खेल गुमाएका छन्।नेपालले मलेसियामा खेलेको टी–२० विश्वकप छनोट अन्तर्गत एशिया सब रिजनको प्रतियोगिता पछि मात्र सन्दिप युएई जाने भएकाले अफगानिस्तान प्रिमियर लिगका सुरूवाती ५ खेल गुमाएका हुन्।सन्दिपले अब टोलीले खेल्ने छैठौं खेल कान्दाहार नाइट्स, पाकतिया प्यान्थर र बाल्क लेजेन्डस्सँग खेल्नेछन्।पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गरिरहेका छन्।

बंगबन्धु गोल्डकप प्यालेस्टाइनले जित्याे 
बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि प्यालेस्टाईनले जितेको छ। साबिक च्याम्पियन नेपालको समूहमा रहेको प्यालेस्टाइनले अर्को दाबेदार ताजिकिस्तानलाई पेनल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो। नेपालकै समुहमा रहेको ताजिकिस्तानले पनि फाइनल यात्रा तय गरेको थियो। प्रतियोगिताको ५० औ संस्करणको रोचक फाइनलमा निर्धारित तथा अक्तिरिक्त समयमा पनि दुवै क्षेत्रबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको थियो। प्रतियोगिताको एक मात्र अपराजित टोली रहँदै प्यालेस्टाईन च्याम्पियन बनेको हो। ढाकाको बंगबन्धु नेश्नल स्टेडियममा भएको फाइनलमा प्यालेस्टाईनले ताजकिस्तानलाई ४–३ गोल गरेको थियो। साबिक चयाम्पियन नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो। नेपाल रहेको समूह एमा प्यालेस्टाईन र ताजकिस्तान परेका थिए। नेपाल समूह चरणमा ताजकिस्तानसँग २–० र प्यालेस्टाईनसँग १–० ले पराजित भएको थियो। समूह चरणमा समेत प्यालेस्टाईनले ताजकिस्तानलाई हराएको थियो।

 ताप्लेजुङको मौसम सम्वन्धि जानकारी
आज विहानको ताप्लेजुङको न्यूनतम तापक्रम १३.३ डिग्री सेलसियस रहेकोे पुर्वि क्षेत्रिय हावापानि फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । 
आज सुर्योदय विहान ५ बजेर ५३ मिनेट  भएको थियो भने सुर्यास्त भरे साँझ ५बजेर २५मिनेटमा हुनेछ ।
 

प्रतिकृया दिनुहोस

तमोर हालखवर २०७५ असोज ३१ गते बुधबार विहान ८ः३० वजे

  अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै  नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी

२०७५ असोज २९ गते सोमबार साँझ ६ बजेको तमोर हालखबर

र्सघर्ष समिति गठन अस्थाई करार शिक्षकहरुको भेलाले ताप्लेजुङ जिल्लामा र्सघर्ष समिति गठन गरेको छ । गुणराज न्यौपानेको अध्यक्षतामा ९ सदसिय संर्घष समिति

२०७५ असोज २५ गते विहीबार साँझ ६ बजेको तमोर हालखबर

फुटबल खेल्न हिँडेका युवाको पौडी खेल्ने क्रममा मृत्यु  पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।  पाँचथर र ताप्लेजुङको सिमानाको