आज - २६ आश्विन २०७५ शुक्रवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिताएको कामले तीव्रता लिनेछ । शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्य सम्पादन गर्नसकिने छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । बोलीको प्रभाव पनि बढ्नेछ । - ज्यो.पं. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस

तमोर हालखवर २०७५ असोज ३१ गते बुधबार विहान ८ः३० वजे

  अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै  नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी

शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षकाे उमेरमा निधन

शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।  एक

गुडाउने ब्यागभरि आमाले ओमानबाट ल्याएको खुसी

काठमाडौं – कीर्तिपुर माविमा पढ्ने सबैको ड्रेस उस्तै छ, आकाशे रंगको सर्ट र निलो पाइन्ट या फ्रक । ब्याग पनि झण्डै उस्तै । तर कक्षा २ मा पढ्ने धादिङका