तिते करेला खानुका यस्ता छन् ८ फाइदा – जानिराख्नुस्

एजेन्सी । करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । स्वादमा तिताे भए पनि यसमा अन्य सब्जिमा भन्दा बढी अाैषधीय गुण पाइने हुनाले कम्तीमा हप्तामा एक पटक तिते करेला खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तिते करेलामा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन लगायतका पाैष्टिक तत्व पाइन्छ ।

यद्यपी करेलालाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ यसाे गर्नु हुँदैन । कतिपयले त नुनले माँढेर तिताे फाल्ने गरेकाे पनि पाइन्छ यसरी पानी फाल्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो । यसलाई साँधेर सेवन गर्दा थप स्वादिलो पनि हुन्छ । ताजा करेलाको अचार, जुस बनाएर खान पनि सकिन्छ ।

करेला खानुका यस्ता छन् फाइदा

१. कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।

२. करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।

३. करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।

४. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

५. करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउँदा तौल नियन्त्रण हुन्छ ।

६. करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ ।

७. कफको रोगीले करेला सेवन गर्नुपर्छ ।

८. मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।

प्रतिकृया दिनुहोस

एउटा बिरुवा रोप्नेलाई २० रुपैयाँ

सल्यान - शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई २० रुपैयाँ दिने भएको छ ।  नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले

सुधार नभए कालिमाटी बजार हटाउने मन्त्री खनालको चेतावनी

काठमाडौं असार, १९ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी