२०७५ असोज २५ गते विहीबार साँझ ६ बजेको तमोर हालखबर


फुटबल खेल्न हिँडेका युवाको पौडी खेल्ने क्रममा मृत्यु
 पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।  पाँचथर र ताप्लेजुङको सिमानाको धिमालेस्थित इवा खोलाले बगाएर हिलिहाङ गाउँपालिका ५ सिम्लेका युगल सुहाङको मृत्यु भएको हो । फुटबल खेल्न ताप्लेजुङतर्फ जाने क्रममा गर्मी भएपछि साथीसँगै पौडी खेल्न खोलामा पसेका सुहाङलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।  बेपत्ता सुहाङलाई खोजी गर्ने क्रममा मृत अवस्थामा ताप्लेजुङ प्रहरीले फेला पारेको हो। खोलामा बेपत्ता भएको केही समयपछि सुहाङको शव मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।  

बेवारिसे शिशुले पाए अभिभावक
 ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ थामखर्क जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएकाे छ। जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर सचिन यादवले शिशुलाई अभिभावकको जिम्मा दिएका छन्। वाल कल्याण समितिकाे विहीबारै बसेकाे आकस्मिक बैठकले शिशुको अभिभावकत्व प्राप्तीका लागि आबेदन दिएका ६ जना मध्ये फुङ्लिङ नगरपालिका वडा नम्बर ८ (साविक दोखु ७) का सन्तकुमार र देवीमाया गुरुङ दम्पतिलाई शिशुको अस्थायी अभिभावकत्व प्रदान गर्ने निर्णय गरेको थियो। जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शिशु प्राप्तीका लागि प्राप्त भएका आबेदनहरुको प्रारम्भिक अध्यनले सन्तकुमार दम्पतिलाई शिशुको अभिभावकत्व प्रदान गर्न सकिने विश्वासिलाे आधारहरु देखाएकोले अस्थायी रुपमा शिशु हस्तान्तरण गरिएको जानकारी दिए। २० गते फेला परेका शिशु अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षार्थ खटिएका प्रहरी र कर्मचारीको साथमा रहेकाे थियाे। चिसो समय सुरु भएको अवस्थामा शिशुलाई न्यानो ठाउँमा राख्न उपयुक्त हुने चिकित्सकीय सल्लाह अनुसार बाल कल्याण समितिको आकस्मिक बैठक मार्फत यो निर्णय गरिएकाे प्रजिअ भण्डारीले बताए।

ताप्लेजुङमा गण्डकी विकास बैंकको शाखा
गण्डकी विकास बैंक ताप्लेजुङ शाखाको आज उद्घाटन भएको छ । ७६ औं शाखाको रुपमा सदरमुकाम फुङलिङमा खुलेको शाखाको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्घाटन गरे । बैंकले २ महिनाअघि देखि वित्तिय कारोबार सुरु गरेको थियो । आधुनिक बैंकिङ सेवा प्रदान गर्ने  र सामाजिक क्षेत्रमा समेत योगदान गर्ने उद्देश्य रहेको ताप्लेजुङ शाखाका प्रबन्धक तिलक खड्काले बताए । २ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको ख वर्गको गण्डाकी विकास बैंकले मुलुकभरका ३३ वटा जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । उद्घाटन कार्यक्रममा जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथ  अन्य बैंकका प्रतिनिधिहरु समेत उपस्थित थिए । गण्डकी सहित ताप्लेजुङमा शाखा विस्तार गर्ने बैंकको संख्या १२ पुगेको छ । हिमाली जिल्ला ताप्लेजुङमा पछिल्लो समय वित्तिय संस्थाहरुको आकर्षण भने बढ्दै गएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा सडक नाटक प्रर्दशन 
 देशव्यापी रुपमा वित्तीय साक्षरताको अभियान चलाई रहेको स्वदेशी लघुवित्तले अभियान अन्र्तगत ताप्लेजुङ सदरमुकाम फुङलिङमा सडक नाटक प्रर्दशन गरेको छ । स्वदेशी लघुवित्तले भानु जन माविका विद्र्यार्थीको सहभागितामा जिल्ला सदरमुकामको तोक्मे, कोप्चे र विरेन्द्र चौक क्षेत्रमा आज सडक नाटक प्रर्दशन गरेको हो । महिलाहरुको महिनावारी सरसफाई, क्षमता अनुसार कर्जा लिनुपर्छ, वचत गर्नुपर्छ साथै छोराछोरीलाई वित्तय रुपले समेत साक्षर वनाउनुपर्छ भन्ने मुख्य उद्धेश्यका साथ सडक नाटक प्रर्दशन गरिएको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका सामाजिक विकास अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । आजको कार्याक्रममा २ सयको हाराहारीमा दर्शकहरुको उपस्थिति रहेको समेत आयोजकको दावी छ  ।
विद्यार्थीहरुलाई वित्तीय सुचनाहरु प्रदान गरी सप्ताहब्यापी रचनात्मक कार्यक्रमहरु गर्ने उद्देश्यले स्वदेशीले विभिन्न स्थानहरुमा प्रशिक्षण गरिरहेकोे छ । वित्तीय चेतनाहरुको कुरा विद्यार्थीहरु सम्म पुर्याई यस्तो महत्वपुर्ण विषयमा विद्यार्थीहरुलाई सुचित गराउने कार्य जारी राखेको काफ्लेले वताउनुभयो । स्वदेशी लघुवित्त केन्द्रिय कार्यलयबाट प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका सामाजिक बिकास अधिकृत विकल काफ्लेले एक्काइसौं शताब्दीमा सबै मानिसहरु वित्तीय चेतनाको पहुँचबाट बाहिर रहनु नहुने र वित्तीय चेतना आधारभुत आवश्यकता बनिसकेकोले वित्तीय चेतनाका कार्यक्रमहरु देशको कुना कुनासम्म पुर्याउनको निमीत्त स्वदेशी लघुवित्त लागिरहेको तथा त्यसको बलियो माध्यम नै विद्यार्थीहरु भएको बताए ।यस कार्यक्रम सँगै भोली वित्तीय साक्षरता र्याली र “कर्जा लिएर उद्यमी बन्नुभन्दा त्यसै बस्नु बेस” विषयक वादविवाद कार्यक्रम गर्ने सामाजिक अधिकृत काफ्लेले जानकारी दिए । कार्यक्रम विहान ९ वजे विरेन्द्र चौकवाट सुरु हुनेछ । 

एकैदिन ९ सय किशोरी रेडियो बहसमा  
आज अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । सातौँ अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर नेपालमा आज देशैभरिका सामुदायिक रेडियोमा किशोरीहरूले बहस गर्दैछन् । देशभरीका ३ सय सामूदायिक रेडियोमा ९०० जना किशोरीले आफ्नै सवालमा बहस गरिहेका छन् । किशोरी आफंैले नेतृत्व गर्दै सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा त्यसको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराइरहेका छन् । जसमा ३ सय किशोरी आज एकदिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना ‘किशोरी अभियान्ता’ कार्यक्रमको अतिथि रूपमा बहसमा सहभागी हुनेछन् ।
 सामूदायिक सूचना नेटवर्क सीआईएनमा बिहान साढे ६ बजे किशोरीहरुले विशेष बहस गरेका छन् । सीआईएनमा सज्जु महर्जनले कार्यक्रम सञ्चालन गर्नुभयो भने विपना शर्मा र समिक्षा कार्कीले अतिथिको रुपमा कार्यक्रममा भाग लिएर किशोरीहरुको सवालमा बहस गर्नुभयो । बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियो मार्फत् यो ‘गल्र्स टेकओभर’ भइरहेको छ ।  

 प्रदेश १ मा विकास वजेट खर्च शून्य
प्रदेश १ प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा ८२ लाख ४८ हजार रुपैया मात्र खर्च गरेको छ । विकास वजेट खर्चको अवस्था भने हालसम्म शून्य छ ।प्रदेश सरकारले ०७५/७६ को लागि पुाजीगततर्फ १८ अर्व ७७ करोड ७४ लाख ५१ हजार रुपैयाा विनियोजन गरेको छ । यो खर्च प्रशासनीकतर्फको मात्रै पुाजीगत वजेट हो ।तर, प्रदेश सरकारले विकास वजेट खर्च गर्न सकेको छैन । विकास वजेट शीर्षकमा विनियोजन गरिएको कत्ति पनि रकम भुक्तानी भएको छैन ।प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बालकृष्ण थापाका अनुसार यदि मन्त्रालयहरुले तत्काल आˆना संरचना निर्माण गरी काम नगर्ने हो भने यो आर्थिक वर्षको पहिलो चौमासिकमा विकास बजेट खर्च शून्य हुने देखिन्छ ।पुाजीगत मात्र होइन कार्यक्रमतर्फको विकास वजेट पनि मन्त्रालयहरुले खर्च गर्न सकेका छैनन् ।
प्रदेश अन्तर्गतका विषयगत मन्त्रालयहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा न्युनतम १८ देखि २८ प्रतिशतसम्म वजेट खर्च गर्ने लक्ष्य लिएका छन् ।सोही अनुसार विभिन्न योजनाहरुमा वजेट बााडफााट पनि गरिएको छ । तर, पहिलो चौमासिकको तीन महिना बित्नै लाग्दासमेत मन्त्रालयहरु भने विकास वजेट खर्च गर्ने सम्बन्धमा अगाडि बढ्ने सकेका देखिएका छैनन् ।यो वर्ष पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएपनि त्यसको कार्यान्वयन पक्ष भने निकै सुस्त र फितलो देखिएको छ ।प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३५ अर्ब ९३ करोड ८ लाख ५९ हजार रुपैया विनियेाजन गरेका छ ।चालूतर्फ १४ अर्ब ९२ करोड २८ लाख अर्थात ४१.५ प्रतिशत र पुाजीगततर्फ १८ अर्ब ५० करोड अर्थात ५१.५ प्रतिशत छ। अन्तरसरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख अर्थात् ७ प्रतिशत छ ।
मुख्य चुनौती कर्मचारी अभाव
संघीय सरकारले प्रदेश सरकारलाई आवश्य पर्ने कर्मचारी नपठाउदा प्रदेश सरकारकेा काम कारबाही प्रभावित हुदै आएको छ । त्यसको मार मुख्यतय विबकासे वजेट कार्वान्वयमा पनि देखिएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बो कर्मचारीको अभावदेखि आवश्यक संरचनाहरु नहुादा विकास वजेट कार्यान्वयनमा समस्या भएका बताए । मन्त्रालयको कामको प्रकृति अनुसार चाहिएजस्तो दरबन्दी नभएकोले विकास वजेट कार्यान्वयनमा ढिलाइ भएको उनको भनाइ छ ।उनले स्वीकृत भएको दरबन्दीको आधाभन्दा बढी कर्मचारी नै पदपूर्ति हुन नसक्दा पनि समस्या हुने गरेको जनाए ।मन्त्री आङम्बोका अनुसार वजेट कार्यान्वयको लागि आवश्य संरचना र कर्मचारी अहिले मुख्य चुनैाती देखिएको छ ।

जटिल बन्दै नेकपाका तल्ला तहको एकता प्रक्रिया
केन्द्रमा एकीकरण भएपनि स्थानीय तहसम्म जारी नै रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया झन् जटिल बन्दै गएको छ। एकीकरणको लागि मापदण्ड तय गर्न नसक्दा जिल्ला, प्रदेश तथा जनवर्गीय संगठनको एकता हुन नसकेको हो।यसअघि सचिवालयले गरेका निर्णयमा असन्तुष्टि रहेपछि नयाँ मापदण्ड तय गर्ने बताइएको थियो। स्थायी समितिको बैठकमा पेश गर्ने कार्यसूची तयार गर्न नसकेपछि सचिवालयको बैठक सकिएको थियो। आन्तरिक तयारी नपुगेको भन्दै सचिवालय बैठक पुनः सारिएको छ।शनिबारको लागि डाकिएको बैठक कात्तिक ४ गतेका सारिएको छ भने स्थायी समितिको बैठक १२ र १३ गतेको लागि बोलाइएको छ। अध्यक्षद्धय विदेश भ्रमणमा निस्किएपछि रोकिएको तल्लो तहको एकीकरण प्रक्रियाले गति अझै लिन सकेको छैन। 

उपनिर्वाचनको प्रस्तावले नेकपाकाे नियमित कार्यसूची प्रभावित, मध्यमार्गी नेताकाे यस्ताे सक्रियता
 नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूचीमा प्रभाव परेको छ। उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशंकासमेत पैदा भएको छ।काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो।पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकारी बताएका थिए।

सो दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन। सो दिन अर्को बैठकको कार्यसूची र स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा छलफल भई यही असोज २४ गतेका लागि तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए। प्रवक्ता श्रेष्ठले पत्रकारलाई दिएको जानकारीमा मानन्धरको पत्रबारे उल्लेख थिएन। सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ।उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र दाहालबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो। सो दिन अपराह्न पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रममा अध्यक्ष दाहालले पार्टीले हार्ने गरी उपनिर्वाचन नगर्ने स्पष्ट पारेको थियो।यही असोज ५ गतेको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ।

 काँग्रेसले फूलपाती अघि नै एकीकृत मस्यौदा तयार गर्ने
नेपाली काँग्रेस विधान मस्यौदा समितिले दशैंको फूलपाती अघि एकीकृत मस्यौदा तयार गर्ने भएको छ । विभिन्न उपसमितिले तयार पारेका प्ररम्भिक मस्यौदाको अध्ययन र एकीकृत गर्ने काम भइरहेको काँग्रेस नेता तथा विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए । ‘मस्यौदा समितिको दैनिकजसो बैठक बसिरहेको छ । आज पनि बैठक छ । हामीले दशैंको फुलपाती अघि नै एकीकृत मस्यौदा तयार गर्नेगरी काम गरिरहेका छौ’ प्रवक्ता लेखकले रातोपाटीलाई बताए । नेता लेखकका अनुसार बाहिर हल्ला भएजस्तो सभापतिको अधिकारका विषयमा समितिमा विवाद नआएको दावी पनि गरे । ‘सभापतिलाई शक्तिशाली बनाउने वा नबनाउने भन्नेमा विवाद आएको छैन । बाहरि जति हल्ला भएका छन् तिनमा सत्यता छैन । नयाँ विधानमा सभापति अधिकारप्राप्त हुनुदैन भनेर कसैले भनेको छैन र त्यस्तो व्यवस्था पनि विधानमा हुदैन’ प्रवक्ता लेखकको भनाई छ । त्यस्तै विधान मस्यौदा समितिले सदस्यता, संगठन संरचना, अधिबेशन प्रतिनिधि छनोट लगायतका विषयमा लगभग सहमति जुटाइसकेको जनाएको छ । ‘धेरैजसो विषयहरु टुङ्गिसकेका छन् । केही विषयमा छलफल पनि भइरहेको छ । हामी ति विषय पनि छलफलबाटै टुङग्याउने प्रयत्नमा छौ’ प्रवक्ता लेखकको दावी छ । नेपाली काँग्रेसमा सवैभन्दा विवादको विषय बनेको निर्वाचनमा टिकट वितरणको प्रकृयालाई विधानमार्फत नै व्यवस्थित बनाउने भएको छ । टिकटका आकांक्षी बढी हुनेहुँदा टिकट नपाउनेले आधिकारिक उम्मेद्वारमाथि अन्तरघात हुने गरेको गुनासो बढ्ने गरेकाले त्यसलाई विधानमार्फत नै व्यवस्थित गर्न लागिएको विधान मस्यौदा मुल समितिले जनाएको छ ।

चिनीको मूल्य बढाउन चलखेल भएको ठहर, अख्तियारलाई छानबिन गर्न दिनुपर्ने सुझाव
 चिनी आयात रोकेर मूल्य बढाउन ठूलै आर्थिक चलखेल भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनुपर्ने सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले गठन गरेको चिनी पैठारी एवं मूल्य अनियमिततासम्बन्धी छानबिन समितिले चिनीको ‘कोटा’ खुला गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिन पनि सिफारिस गरेको हो ।लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले बिहीबार प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो ।समितिले मूल्य अनियमितता छानबिन गर्ने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिनुपर्ने ठहर गरेको छ ।चिनी आयातमा लगाइएको पूर्णबन्देज हटाउन, भन्सारदरमा समयानुकूल पुनरावलोकन गर्र्न र परिमाणात्मक बन्देजलाई बजारको माग तथा आपूर्तिसँग सन्तुलन गराउने रणनीति तय गर्न उपसमितिले सुझाव दिएको छ ।स्वदेशी उद्योग प्रवर्धनका नाममा सरकारले भदौ ३१ मा चिनी आयातमा ‘कोटा’ लगाएको थियो ।चाडबाडका बेला वार्षिक एक लाख टनमात्रै चिनी आयात गर्न पाउने भनी कोटा तोकेसँगै बजारमा चिनीको भाउ बढेको थियो । जुन निर्णयको व्यापक आलोचना हुँदै आएको थियो ।


खाद्य संस्थानले तोक्यो खसीबोकाको मूल्य, भोलिबाट बिक्री गरिने
नेपाल खाद्य संस्थानले खसीबोका र च्याङग्राको मूल्य निर्धारण गरेको छ ।संस्थानले यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५१० र च्याङ्ग्रा ७१० रुपैयाँ कायम गरेको छ । संस्थानले किलोमा १० रुपैयाँ छुटसमेत दिने भएको छ ।उपभोक्ताले खसी प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७ सयमा खरिद गर्न सक्ने छन् ।संंस्थानले यस वर्ष १ हजार च्याङ्ग्रा र १ हजार खसीबोका बिक्री गर्न लागेको हो । मूल्य निर्धारण आजै भए पनि बिक्री वितरण भने भोलिबाट मात्रै सुरु गर्ने संस्थानले जनाएको छ ।


नेपालमा २१ हजार अश्लील वेबसाइट बन्द
सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निर्णय गरेको हो ।सन्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसन्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सन्चालकमार्फत् प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल बन्द गर्न नेपाल दूरसन्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले ८ गतेदेखि काम सुरु गरेको हो ।नेपालमा अहिले करिब १०० भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन् ।प्राधिकरणकाअनुसार अहिलेसम्म २१ हजारभन्दा बढी वेबसाइट बन्द भइसकेका छन् भने त्यस्ता प्रकृतिका अन्य वेबसाइट पनि बन्द गर्न निर्देशन दिइसकिएको छ ।नेपाल टेलिकम र एनसेलबाट सन्चालन हुने नेटवर्कबाट त्यस्ता खालका साइट पनि बन्द गरिसकिएको नेपाल दूरसन्चार प्राधिकरण अनुगमन विभागका निर्देशक विजयकुमार रायले राससलाई जानकारी दिए ।अश्लील यौनजन्य सामग्री प्रकाशन/प्रसारण गर्ने एक लाखभन्दा बढी वेबसाइट छन् ।अश्लील वेबसाइटलाई पूर्णरुपमा बन्द गर्नका लागि कुनैपनि व्यक्तिले अश्लील साइट हेरेको खन्डमा त्यसलाई एप्समा हालेर तत्कालै बन्द गर्नसकिने प्रविधि निर्माण गर्ने तयारीमा प्राधिकरण रहेको छ ।मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ मा शारीरिक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरू कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सन्चारमाध्यमबाट प्रचार–प्रसार गर्न नपाइने भनिएको छ ।


४१० स्थानीय तहका जनप्रतिनिधिले अझै बुझाएनन् सम्पत्ति विवरण 
४१० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्यांक उपलब्ध गराउन ताकेता गरे पनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले बाताए। पोखरेलका अनुसार स्थानीय तहले सम्पत्ति विवरण संकलन गरे पनि केन्द्रलाई बुझाएका छैनन्। १४३ स्थानीय तहका ४५ हजार ७७८ मध्ये ४५ हजार २७३ जनप्रतिनिधिले मात्र केन्द्रलाई तथ्यांक उपलब्ध गराएका छन् भने ४७५ जनप्रतिनिधिले अहिलेसम्म तथ्यांक उपलब्ध गराएका छैनन्। प्रदेश १ का ८३ स्थानीय तह, प्रदेश २ का १००, प्रदेश ३ का ६८ स्थानीय तह, गण्डकी प्रदेशका २४, प्रदेश ५ का १८, कर्णाली प्रदेशका ५३ तथा सुदूरपश्चिमका ६४ स्थानीय तहले तथ्यांक उपलब्ध गराएका छैनन्। केन्द्रले स्थानीय तहमा कार्यरत निजामती र स्थायी शिक्षकबाहेक अन्य कर्मचारीलाई आइतबारसम्म विवरण बुझाउन निर्देशन दिएको थियो।


माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते, एकको अवस्था गम्भीर
महोत्तरी जिल्लाको औरही नगरपालिकामा बिहीबार माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ ।घाइते हुनेमा औरही नगरपालिका–३, श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।दसैंका बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै बिहीबार बिहान १० बजेतिर गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका चारैजना बालिका माटोकै ढिस्कोले पुरिएर घाइते भएका छन् ।घाइतेमध्ये विनोद साहकी १० वर्षीया छोरीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ 

बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि चप्पल प्रहार
बिहारमा एउटा कार्यक्रममा मुख्यमन्त्री नीतीश कुमारलाई लक्षित गरी एक युवकले चप्पल फ्याँकेका छन् । पटना आयोजित जनता दल युनाइटेडले लोकनायक जयप्रकाश नारायणको जन्मजयन्तीका अवसरका आयोजना गरेको छात्र समागक कार्यक्रममा एक युवकले मुख्यमन्त्री कुमारमाथि चप्पल फ्याँकेका हुन् । चन्दन नामका ती युवकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ती युवक मानसिक रुपमा विक्षिप्त रहेका छन् । पत्रकारहरुको प्रश्नमा ती युवकले मुख्यमन्त्री नीतीश कुमारको भेदभावपूर्ण नीति तथा व्यवहारको विरोध गर्दै आफूले चप्पल फ्याँकेको बताएका थिए । 

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प
पपुवा न्यु गिनीमा बिहीबार बिहानै ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख छ । तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ । पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ ।

अमेरिका र चीनलाई व्यापारयुद्ध रोक्न आईएमएफले दियो चेतावनी 
अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले इन्डोनेसियाको बालीका चलिरहेको एक महत्त्वपूर्ण बैठकमा अमेरिका र चीनलाई विश्व व्यापार संगठनको नियमअनुसार व्यापार गर्न सल्लाह दिएका छन् । यी दुई संस्थाका प्रमुखहरूले बिहीवार अमेरिका र चीनलाई नियममा हिँड्न सल्लाह दिए । चीनको सूचना प्रविधि विकास रणनीतिका सम्बन्धमा चलेको विवाद अन्त्य गर्न पनि उनीहरूले भनेका छन् । विवाद कायम रहँदा गर्दा वैश्विक अर्थव्यवस्थामा लामो समयसम्म हानि पुग्ने उनीहरूको भनाइ छ । मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्डले अमेरिका र चीनलाई ठण्डा दिमागले सोच्न र संसारको व्यापार प्रणालीलाई व्यवस्थित राख्न मद्दत गर्नुपर्ने बताएकी छन् । 

फुरुम्बोमा जारी पहिलो गडिडाँडा च्यालेन्ज रनिङ्कप अन्तर क्लव स्तरिय पुरुष फुटवल प्रतियोगितामाआज तिन खेल 
फुङलिङ नगरपालिका वडा नंं १० फुरुम्बोमा जारी पहिलो गडिडाँडा च्यालेन्ज रनिङ्कप अन्तर क्लव स्तरिय पुरुष फुटवल प्रतियोगितामा आज तिन खेल भएका छन् । आज भएको पहीलो खेलमा नव प्रयास हाङदेवा निलो  हिम कर्ण स्र्पाटीङ क्लबसँग १–० ले पराजित भएको छ ।   दोस्रो खेलमा सनलाईट युनाईटेट युवा क्लब पाथिभरा याङवरक २, थेचम्बुले २–० को अन्तरमा  नव प्रयास युवा क्लब सेतो हाङदेवाविरुद्ध जित निकाल्दा विसीएच मेमोरीयल युवा क्ल्ब फक्क्ताङलुङ १ सावादीन, तमु स्र्पोटीङ युवा क्लव फुङ्लिङ नगरपालिका ९ हाङ्देवाविरुद्ध ४–० को जित निकाल्न सफल भएको आयोजकले वताएको छ । भोली पनि ३ खेल हुनेछन्।   प्रतियोगिताको फाईनल खेल ३० गते हुने छ । खेलमा प्रथम हुनेले ८० हजार १ सय ८१ र द्धितीय हुनेले ५० हजार १ सय ५१ रुपैया सहित ट्रफी र प्रमाण पत्र सहित ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन । 

नेपाल पुलिस र थ्रीस्टारको विजयी सुरुवात
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा  पुर्व विजेता थ्री स्टार र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्।सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा बिहीबार भएको खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो। थ्रीस्टारको जितमा बुद्ध चेम्जोङ र रन्जन विष्टले एक एक गोल गरे। अर्को खेलमा पुलिसले जावलाखेल क्लबलाई १-० गोलले हरायो। पुलिसको जितमा अजित भन्डारीले ३१ औँ मिनेटमा निर्णायक गोल गरे।
वेलुकी 
अन्त्यमा ताप्लेजुङको मौषम सम्वन्धि जानकारी ।।

आज विहानको ताप्लेजुङको न्युनतम तापक्रम १३.२ डिग्री सेल्सियस रहेको थियो भने दिउसोको अधिकतम तापक्रम २३.८ डिग्री सेलसियस रहेको  पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यलय ताप्लेजुङले जनाएको छ । आज सुर्योदय विहान ५ बजेर ५३ मिनेटमा भएको थियो सुर्यास्त अघि साँझ ५ बजेर २६ मिनेटमा  भएको छ ।


 

प्रतिकृया दिनुहोस

शनिबारदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

काठमाडौं, मंसिर २८ । नेपालमा पनि शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ

तमोर हालखवर २०७५ असोज ३१ गते बुधबार विहान ८ः३० वजे

  अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै  नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी

२०७५ असोज २९ गते सोमबार साँझ ६ बजेको तमोर हालखबर

र्सघर्ष समिति गठन अस्थाई करार शिक्षकहरुको भेलाले ताप्लेजुङ जिल्लामा र्सघर्ष समिति गठन गरेको छ । गुणराज न्यौपानेको अध्यक्षतामा ९ सदसिय संर्घष समिति