राजपा नेपाल निर्णायक आन्दोलनको तयारीमा

काठमाडौं, असोज २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर छठपछि निर्णायक आन्दोलन गर्ने तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध छठ पर्वपछि संयुक्त आन्दोलन गर्न भित्रभित्रै तयारीमा कांग्रेस र राजपा नेपाल लागेका छन् ।

सरकारलाई समर्थन गरेको राजपा नेपालले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई एवं सपथ, मधेस आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्तासहित महँगी, भ्रष्टाचार, आपराधिक कृयाकलाप रोक्न नसकेको भन्दै समर्थन फिर्ता लिएर आन्दोलन गर्ने चेतावनी प्रधानमन्त्री ओलीलाई दिइसकेको छ ।

राजपा नेपालका महासचिव अजय गुप्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः निर्णायक आन्दोलन गर्ने तयारीमा पार्टी जुटिसकेको बताए । –राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस

खाली झगडा : सरकारभन्दा कर्मचारी शक्तिशाली

काठमाडौं : सरकार बनेसँगै कर्मचारी-सरकारबीच तिक्तता सुरु भयो। यो अहिले पनि निरन्तर छ। कर्मचारीविरुद्ध मन्त्रीहरू आक्रामक रूपमा प्रस्तुत हुन

द्वन्द्वका मुद्दा छिटो टुंग्याउन ओलीलाई दाहालको दबाब

काठमाडौं, माघ २८ । द्वन्द्वकालिन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम बढेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी

दाहालको वक्तव्यमा शब्द चिप्लिएको : प्रधानमन्त्री

काठमाडौं, माघ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी