तोक्पेगोला सेवा समाजद्धारा बल्ड क्यान्सरबाट पिडीत सोनाम शेर्पालाई आर्थिक सहयोग

ताप्लेजुङ, असोज २२ / तोक्पेगोला सेवा समाज ताप्लेजुङले बल्ड क्यान्सरबाट पिडीत जिल्लाको मेरीङदेन गाउँपालिका वडा नं. ६ निवासी पेम्बा शेर्पाका छोरा सोनाम शेर्पालाई आर्थिक सहयोग गरेको छ ।

सदरमुकाममा एक कार्यक्रमका विच सो समाजका अध्यक्ष सोनाम डोमा शेर्पाले विरामी बच्चाको मामा सविन शेर्पालाई २० हजार ७ सय २७ रुपैया नगद हस्ताण्तरण गनुभएको तोक्पेगोला सेवा समाज ताप्लेजुङका सचिव मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

९ बर्षीय सोनाम भानुजन माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेका छन । परिवारको आर्थिक अवश्था कमजोर भएकाले परिवारले आर्थिक सहयोगको अपिल समेत गरेको छ ।

विरामी बच्चाको विगत दुई महिना यता काठमान्डौको कान्ती बाल अस्पतालमा उपचार भईरहेको पारिवारले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप गरिने

विश्व शान्ति तथा सम्पूर्ण प्राणी जगत्को हितका लागि ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । आगामी चैत्र २० देखि २२ गते सम्म

विपद जोखिम न्यूनिकरण गर्न नमुना अभ्यास

विभिन्न प्राकृतिक विपद्ले दुःख दिइरहने जिल्ला मध्ये एक हो ताप्लेजुङ । आगलागि र बाढि पहिरो जस्ता विपद्का कारण यहाँका नागरिकले वर्षेनी करोडौंको क्षति

शैक्षिक विकासका लागि ५ बुदें ताप्लेजुङ घोषणा–पत्र जारी

पाँचबुंदे शैक्षिक घोषणा–पत्र जारी गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी जिल्लाभरका माध्यमिक बिद्यालयहरुका प्रधानाध्यापकहरुको गोलमेच सम्मेलन