तमोर हालखबर २०७५ असोज २१ गते आईतबार साँझ ६ बजेको


ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर हुने
ताप्लेजुङमा आगामी कार्तिक १६ र १७ गते मुटु रोग सहित विभिन्न जटिल रोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।  सेभ द हार्ट नामक संस्थाको प्राविधिक सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शिविरमा मुटु रोग सहित स्त्री रोग, हाडजोर्नी, नाक, कान, घाँटी सम्वन्धी विषेशज्ञ डाक्टरहरुको उपस्थिती रहने ताप्लेजुङ निशुल्क स्वास्थ्य शिविर समन्वय समितीका संयोजक अग्नी पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ईटालीवाट मुटु रोग सम्वन्धी विषेशज्ञ सँगै २० जना भन्दा वडि विषेशज्ञको टोलीले शिविर मार्फत सेवा दिनेछन् । “सवै खाले रोगका लागि विषेशज्ञ डाक्टरहरु ताप्लेजुङ सम्म आउँदैहुनुुहुन्छ । साथमा ठुला उपकरणहरु पनि ल्याउँदै छौँ ।” संयोजक पौडेलले भने “हामीलाई सवै प्राविधिक सहयोग सेभ द हार्ट नामक ईटालीको संस्थाले गरेको छ । शिविरमा आउने विरामी महानुभावले कुनैपनि शुल्क तिर्नु पर्दैन् ।” शिविरमा चेकजाँच गर्दा जटिल खालका समस्या देखिएमा तत्कालै काठमाण्डौ लगी निशुल्क उपचार गरिदिने समेत उनले वताए । शिविरमा विदेशि विषेशज्ञ डाक्टर सहित ताप्लेजुङमा जन्म भई वाहिर कार्यरत स्वास्थ्य कर्मीहरुको समेत उपस्थिति रहने छ । शिविरको आयोजनामा ताप्लेजुङ जिल्लाका प्रतिनिधि सभा सांसद योगेश भट्टराईको विषेश पहलका रहेको ताप्लेजुङ निशुल्क स्वास्थ्य शिविर समन्वय समितीका सदस्य चैतन्य प्रसाद तुम्वाहाम्फेले वताए ।

 यस्का लागि सेभ द हार्टका नेपाल संयोजक डाक्टर अनिल भट्टराईको अगुवाई रहेको आयोजकले वताएको छ । स्वास्थ्य शिविर सञ्चालनका लागि ताप्लेजुङमा पनि जिल्ला समन्वय समितिका प्रमुख धनेन्द्र मादेनको संयोजकत्वमा स्वास्थ्य शिविर मुल आयोजक समिति गठन गरिएको छ । सो समितिमा फुङलिङ नगरपालिकाका प्रमुख तथा उपप्रमुख, जिल्लाका सवै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख, राजनितिक दलका प्रमुख, लगायतका रहेका छन् । यसैविच विभिन्न उपसमितिहरु समेत गठन गरिएको समन्वय समितिका संयोजक अग्नी पौडेलले जानकारी दिए । शिविरलाई व्यवस्थीत वनाउन प्रचार प्रसार उपसमिति, आवास व्यवस्थापन उपसमिति, स्वयम सेवक उपसमिति, शिविर स्थल व्यवस्थापन उपसमिति सहित अनुगमन तथा निर्देशन समिति गठन गरिएको छ । 

ताप्लेजुङका अधिकांस औषधी पसलमा अनाधिकृत व्याक्तिले औषधि
ताप्लेजुङका अधिकांस औषधी पसलमा अनाधिकृत व्याक्तिले औषधि वेचविखन गरेको पाईएको छ । फुङलिङ नगरपालिकाले आईतवार गरेको अनुगमनका क्रममा यस्तो पाईएको हो ।  औषधी पसल जस्को नाममा दर्ता भएको छ ऊ औषधी वेजविखनको कार्यमा संलग्न नभएको पाईएको फुङलिङ नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्रवण कुमार पोख्रेलले जानकारी दिनुभयो । जिल्लाका ५ ओटा औषधी पसलमा गरिएको अनुगमनका क्रममा तिन ओटा औषधी पसलमा भने पसल दर्ता गरेका व्याक्ति पसलमा भेटिएका थिएनन् । सम्वन्धीत व्याक्ति औषधि पसलमा नभएपनि औषधी पसल भने खुला नै रहेको थियो । तर सो औषधी विक्री स्वास्थकर्मीले विक्रि गर्दै गरेको पाईएकाले अहिलेलाई पसललाई तालावन्दी नगरिएको तर अवका दिनमा भने सम्वन्धीत व्याक्तिले नै वेच्नुृपर्ने गरि निर्देशन दिएको पोख्रेलको भनाई छ । यसैविच अनुगमन कै क्रममा नगरपालिकामा आधिकारीक रुपमा संस्थामा दर्ता समेत नभएको पाईएको थियो । 
यता जिल्ला प्रशाशन कार्यालयले समेत आज खाद्य सामग्री विक्रेता विभिन्न ७ ओटा स्टोरहरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनको नेतृत्वमा भएको वजार अनुगमनका क्रममा म्याद गेज्रेका अखाद्य वस्तु विक्रिका लागि राखेको पाईएको छ । ताप्लेजुङ सदरमुकामका ७ ओटा पसलहरुमा अनुगमन गर्दा अधिकांसमा म्याद सकिएका अखाद्य तथा पेय पदार्थ फेला परेका थिए । म्याद नाघेका सामग्रीलाई जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मादेनले जानकारी दिनुभयो । 

प्रदेश १ : विद्येयक छलफलमा पनि राजधानी र नाममा बहस
सरकारले औपचारिक रुपमा सदनमा प्रदेश १ को नाम र राजधानीको प्रस्ताव लग्न ढिलाइ गरेपछि सदनमा विधेकमाथिको छलफलमा समेत सांसादले यस विषयमा सरकारको ध्यानाकर्षण गर्न सुरु गरेका छन्।आइतबार प्रदेश संसद बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकद सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरे। त्यसउपरको सामान्य छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद सरिता थापाले विधेयककै छलफलमा प्रसंग मोडेर सुरुमै राजधानी र नामकरणको विषयमा धारणा राखिन्।थापाले विषयान्तर गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले विषय केन्द्रीत हुन भन्दै रुलिङ गरे। काँग्रेसका सांसद मोहम्द ताहिर मियाँले राजधानीको विषय निकै गहन रुपमा आउन थालेको बताउँदै सदनको शुन्य समयमा भने, ‘जहाँ होस ठिकै छ, फलानो ठाउँ पनि भन्दैनौं तर अब घोषणा गरेर जानुपर्छ। बाहिर चर्चा भएजस्तो मन्त्रालय अलग नगरेर एकै ठाउँ राखिनु पर्छ।’ मियाँले संसद एकातिर र सरकारका मन्त्रालय अर्कोतिर नराख्न सरकारको ध्यानाकर्षण गराए।
काँग्रेसकै शान्ता पौडेलले संसद भवन र मन्त्रालय अलग ठाउँमा राख्ने भन्ने विषयमा जनस्तरबाटसमेत व्यापक चासो तथा प्रश्न उठ्न थालेकोले अब यो विषयलाई टुंगो लगाउन ढिलो गर्न नहुने माग गरिन। नेकपाका बलबहादुर साम्सुहाङले सरकारले नाम र राजधानीको विषय प्रवेश सदनमा नगराएको तर बाहिर जनता तथा बजारमा छलफल बहस सुरु भएको बताए। मन्त्रीहरु र सांसदहरुबीच अनौपचारिक छलफल भएपनि औपचारिक हुन नसकेको बताउँदै भने‘प्रक्रियामा जाने आफ्नो ठाउँ छ तर जनतामा भने चासो धेरै बढेको छ।’ उनले नाम र राजधानीको विषयलाई लिएर धाकधम्कीसमेत आउने गरेको बताए।
राजधानी र नामको विषयमा प्रदेश सरकारले औपचारिक रुपमा सदनमा प्रस्ताव ल्याएको छैन। राजधानीको विषयमा निर्णयमा पुग्न नेकपाको संसदीय दलको बैठक बसेपनि राय बाझिएपछि यो स्थगन गरिएको छ। मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगर र व्यवस्थापिका इटहरी राख्ने प्रस्ताव गरेसँगै यसले सदन सरकारभित्र र बाहिर पनि तरंग सिर्जना गरिदिएको छ। मन्त्रालयहरु विराटनगर, संसद इटहरी, प्रदेश प्रमुखको कार्यालय धरान र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटा राख्ने मुख्यमन्त्रीको प्रस्ताव छ। यसमा नेकपाका सांसद पनि एकमत छैनन्। काँग्रेस संसदीय दलको बैठकमा पनि राजधानीको विषयमा सांसदले अलग अलग धराणा राखेका छन्। सरकारले प्रस्ताव ल्याए मात्र आफ्नो धारणा सार्वजनिक गर्ने काँग्रेसले तयारी गरेको प्रमुख सचेतक केदार कार्कीले बताएका छन्। 

प्रदेश १ : स्वीकृति नलिइ खेलकुद गतिविधि गरे एक लाख जरिवाना
एक नम्बर प्रदेशसभामा प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश भएको छ ।एक नम्बर प्रदेशमा खेलकुदको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा व्यवस्था गर्नको लागि विधेयक सदनमा पेश भएको हो ।  आइतबार सदनमा दर्ता भएको विधेयकले एक नम्बर प्रदेश भित्र कुनै पनि खेलकुद गतिविधि सञ्चालन गर्दा अनुमति अनिवार्य गरेको छ ।यदी अनुमति नलिई कुनै पनि प्रतियोगिता गराए, खेल खेलाइए तत्काल प्रदेश सरकारले जरिवाना तोक्न सक्ने व्यवस्था गरिएको छ । सदनमा बिधेयक प्रस्तुत गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशभित्र कुनै पनि खेलुकद गतिविधि गर्दा अनुमति नलिई गतिविधि गरेको पाइए एक लाखसम्म जरिवाना हुने व्यवस्था विधेयकले गरेको जानकारी दिनुभयो ।उहाँले विधेयकमा प्रदेश खेलकुदको संरचनाको बारेमा जानकारी दिँदै एक खेलकुद विकास बोर्ड रहने व्यवस्था  रहेको जनाउनुभयो । 

चिनीको मूल्य विवाद समाधान गर्न सरकारले गर्‍यो समिति गठन
मन्त्रिपरिषद् बैठकले चिनीको मूल्य विवाद समाधान गर्न ७ सदस्यीय समिति गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो। डा. गुरुङ आयोग कृषि विभागका सदस्य हुन्। गुरुङ नेतृत्वको समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितमा काम गर्ने संस्था, कृषि  र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
सँगै बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नागरिक लगानी कोषको सञ्चालकमा डा. रामचन्द्र भट्टराईलाई मनोनयन  गरेको छ। 
त्यसैगरी सरकारले पत्रकारको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। वृद्धि भएको तलब कात्तिक १ गतेबाट लागू हुनेछ। यसअघि पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय रुपैयाँ थियो। 
 

नेकपाको सचिवालय बैठक भोलि बिहानलाई सर्‍यो
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बेलुका बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता देखाउँदै भोलि बिहानलाई सारिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा ४ बजेका लागि बैठक तोकिएको  थियो।प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष  ओली र नेकपाका अध्यक्ष दाहालको कार्यव्यस्तताका कारण नेकपाको आज बस्ने भनिएको सचिवालयको बैठक भोलि बिहान ८ बजेका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बिहीबार बिहान बालुवाटरामा उक्त बैठक बस्ने गरि सरेका हो। असोज ५ गते बसेको सचिवालय बैठकले  प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको थियो। सो बैठकमा माधव नेपाल अनुपस्थित थिए।आफू अफ्रिका रहेका बेला महत्त्वपूर्ण निर्णय गरिएको नेपालले बताइरहेका थिए। आफू अफ्रिकाबाट फर्किएपछि जिम्मेवारी तोक्ने सहमति अध्यक्ष केपी ओलीसँग भए पनि त्यसविपरीत निर्णय गरिएको भन्दै उनले असन्तुष्टि सार्वजनिक गर्दै आएका छन्।केहीअघिको संसद बैठकमा माधव नेपालले सरकारको पनि आलोचना गरेका थिए।प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिएर केही दिनअघि फर्किएका छन्। विमानस्थलमा उनले माधव नेपालको नाम नलिई 'बोल्दै जाँदा पुरानो गीत सम्झना हुन सक्छ' भनेका थिए।

अर्थ समितिका सात निर्णय, गैरबजेटरी शीर्षकमा मागिएको विवरण उपलब्ध गराउन निर्देशन 
अर्थ समितिले बजेट कार्यन्वयनमा विशेष प्राथमिकता दिन अर्थ मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ। साथै गैरबजेटरी खर्च र स्रोत सुनिश्‍चितता नभइ छुट्टाइएका आयोजनाको विवरण माग गरेको छ।  आइतबार बसेको अर्थ समिति बैठकले पुँजीगत खर्च अपेक्षित रूपमा कार्यान्वयन नभएको अवस्थामा पुँजीगत खर्च गर्ने कार्यसहित १५ दिनभित्र विवरण उपलब्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन दिएो समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। साथै गैर बजेटरी खर्चे माग्ने मन्त्रालयहरू र उनीहरूले मागेको रकमका साथै स्रोत सुनिश्‍चतता आयोजना विवरण उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।  आइतबारको बैठकमा समिति सदस्यहरूले सधै समयमा पुँजीगत खर्च गर्ने प्रतिबद्धताबीच किन खर्च गर्न नसक्नुको कारण र वर्षको अन्त्यमा खर्च गर्दा गुणस्तरमा पार्ने प्रभावको विषयमा उत्तर खोज्नुपर्ने राय राखेका थिए। 
 

मुल्यबृद्धि फिर्ताको माग गर्दै तरुण दलको ९ बुदे ज्ञापनपत्र
दशैँको मुखमा पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्य बृद्धि फिर्ताको माग गर्दै नेपाल तरुण दलले ९ बुदे ज्ञापनपत्र बुझाएको छ। दशैँको मुखमा मुल्यबृद्धि र महंगीले नागरिकलाई ठुलो मार परेको बन्दै चाँडो मुल्य बृद्धि फिर्ता लिन दवाव दिएको हो।प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा कालोबजारी र तस्करी नियन्त्रण गर्न, ७५३ वटा स्थानीय निकायमा नै सहुलियत पसल खोलेर राहत दिन, दशैँमा घर जाने यात्रुलाई सहज टिकटको ब्यवस्था मिलाउन लगायतका माग राखेर दवाव दिइएको ज्ञापनपत्रमा उल्लेख छ। सो ज्ञापन पत्र बुझाउन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, काठमाडौ पुगेका थिए।


भारतीय प्रधानमन्त्री मोदी जन्ती भएर जनकपुर आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् ।  नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् । पशुपतिको यात्रा सिध्राको व्यापार भनेझै प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ । भारतबाट उनी बराती (जन्ती) भएर आउने भएका छन् । विवाहपञ्चमीको दिन भारतबाट थुप्रै साधुहरु जन्तीको रुपमा विगतदेखि नै जनकपुर आउने गरेका छन् ।यसपटक ती साधुहरुका साथमा प्रधानमन्त्री मोदी पनि आउने भएका छन् ।  दिल्लीदेखि जनकपुरसम्म आउँदा बाटोमा उनले नौ ठाउँमा सभा गर्ने तयारी रहेको भारतीय जनता पार्टीका एक नेताले बताए । भारतमा सन् २०१९ मा हुने निर्वाचनलाई लक्षित गर्दै जनकपुरको विवाहपञ्चमीमा भाग लिन लाखौं भारतीय (जन्ती) का साथमा प्रधानमन्त्री मोदी सहभागी हुने र सोही क्रममा ठाउँ–ठाउँमा जन्तीसहित कार्यक्रम गर्ने तयारी भइरहेको श्रोतको भनाई छ । 


सर्वेन्द्र खनालले प्रहरी संगठन बदनाम गराउने व्यक्तिको निगरानी बढाएको बताए
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठन बदनाम गराउने व्यक्तिको निगरानी बढाएको बताएका छन्।आइतबार प्रहरी दिवसको अवसरमा आयोजित 'प्रहरी दिवस रनिङ पुरुष भलिबल प्रतियोगिता' मा उनले सो कुरा बताउँदै अब थप लाञ्छित हुने अवस्था नआउने दाबी पनि गरे।नागरिकमैत्री भएर काम गर्न समेत खनालले निर्देशन दिए।महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरीलाई खबरदारी गर्ने समेत बताए।

नेपाल र बंगलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव
ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल–बंंगलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ । गत साउन २५ गते नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारीमा उक्त संयन्त्र गठन हुने प्रस्ताव गरिएको थियो ।समझदारीपत्रका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सचिवको नेतृत्वमा संयुक्त सञ्चालन समिति र सहसचिवको नेतृत्वमा संयुक्त कार्य समूह गठन गरिएको छ ।

त्रिविविको गम्भीर लापरवाही : नतिजा दिने बेला उत्तरपुस्तिका नै हरायो !
त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पस्तिका नै गायब भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि उनीहरु अन्योलमा परेका हुन् । २०७४ सालमा भएको बिबीएस तेस्रो वर्षको लागि नेपालको कर प्रणलीको विषयका सबै उत्तर पस्तिका गायब भएको त्रिविविले जनाएको हो ।तर कसरी गायब भए भन्ने बारे त्रिविविले आधिकारिक धारणा सार्वजनिक गरेका छैन । उत्तर पुस्तिका गायब भएको वा नष्ट भएको भन्ने बारेमा पनि खुलाइएको छैन । परिक्षाको नतिजा प्रकाशन गर्ने समयमा ६९ जनाकै उक्त विषयको उत्तर पुस्तिका हराएको त्रिविविले क्याम्पसलाई जानकारी गराएको हो ।

सिके राउत रौतहटबाट पक्राउ
सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन्। स्वतन्त्र मधेसका  अभियान्ता राउतलाई प्रहरीले आइतबार दिउँसो रौतहटबाट पक्राउ गरेको हो। पुरानो मुद्दाको पेशी दिएर निस्कने क्रममा प्रहरीले रौतहट जिल्ला अदालत अगाडिबाट राउतलाई पक्राउ गरेको हो। यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई राज्य विप्लवको मुद्दा लागे पनि छुट्दै आएका छन्। भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएका थिए। प्रहरीले खोजी सूचीमा राखेका राउतले संविधान दिवसको विरोधमा जनकपुरको मुख्य चोकमा सम्बोधन गर्दासमेत प्रहरीले पक्राउ गरेको थिएन। 

हैटीमा गएको शक्तिशाली भूकम्पमा परेर १० जनाको मृत्यु
अफ्रिकी मुलुक हैटीमा गएको शक्तिशाली भूकम्पमा परेर १० जनाको मृत्यु भएको छ ।हैटीको उत्तरी क्षेत्र पोर्टडिपाइक्सलाई केन्द्रविन्दू बनाएर गएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पमा परेर थु्रपै्र घाइते भएका छन् ।भूकम्पका कारण सयौं संरचनामा क्षति पुगेको छ । भूकम्पले विभिन्न ठाउँमा रुख र बिजुलीको पोल ढलेकाले सवारी आवागमन प्रभावित बनेको छ ।भूकम्पले पुर्‍याएको क्षतिको सम्पूर्ण विवरण भने प्राप्त भएको छैन ।हैटीमा सन् २०१० मा गएको ७ दशमलव १ म्याग्नेच्युडको भूकम्प जाँदा ३ लाख मानिसको मृत्यु भएको थियो ।

इरानमा भारी वर्षाका कारण सातजनाको मृत्यु 
इरानको उत्तरी र उत्तरपश्चिमी क्षेत्रमा विगत दुई दिनदेखि भारी वर्षा हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । समाचार संस्था इस्नाले यसको जानकारी दिएको छ । तीन राज्य माजानदारान, गिलान र गोलेस्तानमा भएको भारी वर्षापछि आएको बाढीका कारण सडक, पुल र अन्य संरचनाहरू भत्किएका छन् । बाढीको पानीमा कारहरू फसेका छन् र ग्रामीण क्षेत्रमा बिजुली र ग्यासको आपूर्ति प्रभावित भएको छ । शुक्रवारदेखि पानी पर्न थालेको हो । विगत २० वर्षमा यो सबभन्दा भारी वर्षा हो । घरमा पानी जमेर मानिसको बिजोग भएपछि राहत तथा उद्धारकर्मीहरूलाई पम्प अपरेटरहरूका साथ प्रभावित क्षेत्रमा पठाइएको छ ।

अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित ६ प्रहरीको हत्या
तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।  स्थानीय अधिकारीहरुले आफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकूहरुले रातभरी भीषण आक्रमण गरेका थिए । हजारौ तालिवान लडाकूहरुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको समाचारमा जनाइएको छ ।  ‘जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हाशेमीसहित छ जना प्रहरी अधिकारीहरु मारिएका छन्,’ प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले बताए । उनले तालिवान लडाकूतर्फका पनि धेरै जना मारिएको र केही घाइते भएको दावी गरे ।  यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषदका एकजना अधिकारी हुसेन अलि बालिगले बताए । 

करनको अलराउन्ड प्रदर्शनमा नेपाल १४० रनले विजयी
आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत पूर्वी एसिया छनोटको तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालका बलिङ अलराउन्डर करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डलाई ८.५ ओभरमा १८ रनमा समेटेको हो । करन म्यान अफ द म्याच घोषित भए ।टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएपछि १७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डका ब्याट्सम्यानहरुले दोहोर अंक जोड्न सकेनन् । त्यस्तै, थाइल्यान्डको ब्याटिङ धरापमा पार्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने करन केसीले ३ विकेट लिए त्यस्तै, ललितनारायण राजवंशीले एक विकेट लिएका थिए ।

साफ यू–१८ महिला च्याम्पियनसिप : उपाधि उचाल्ने लक्ष्यमा नेपाली चेली
भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने फाइनल खेल आज साँझ सात बजेदेखि सुरु हुनेछ । समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको नेपाली टोलीले सेमिफाइनलमा उपाधि दावेदार भारतलाई पेनाल्टी शुटआउटमा पराजित गरेपछि फाइनलका लागि उत्साहित छ ।फाइनल खेलमा बंगलादेश बलियो दावेदारको रुपमा देखिन्छ । किनभने, समूह चरणको खेलमा पनि नेपाल र बंगलादेश आमने सामने हुँदा नेपाल २–१ गोलले पराजित भएको थियो ।बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधिख भिडण्त पक्का गरेको हो ।नेपाली खेलाडी रेखा पौडेल अहिले उच्च लयमा छिन् । पहिलेसम्म ७ गोल गरेकी उनी प्रतियोतिगतामा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा छिन् । फाइनलअघि आनै तीन बजेदेखि तेस्रो स्थानका लागि हुने खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

वेलुकी 
अन्त्यमा ताप्लेजुङको मौषम सम्वन्धि जानकारी ।।

आज विहानको ताप्लेजुङको न्युनतम तापक्रम ११.८ डिग्री सेल्सियस रहेको थियो भने दिउसोको अधिकतम तापक्रम २३ डिग्री सेलसियस रहेको  पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यलय ताप्लेजुङले जनाएको छ । आज सुर्योदय विहान ५ बजेर ५० मिनेटमा भएको थियो सुर्यास्त अघि साँझ ५ बजेर ३२ मिनेटमा  भएको छ ।


 

प्रतिकृया दिनुहोस

५० अर्बभन्दा माथिका आयोजना अब प्रधानमन्त्रीकै तजबिजमा सोझै ठेक्का !

काठमाडौं, मंसिर २७ । सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिश्पर्धा नै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले

थिंक ट्यांकले माग्यो २ करोड, अध्यक्षको तलब मात्र २ लाख २५ हजार

काठमाडौं । सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड

नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।  गत