निगमले बुधबारदेखि ताप्लेजुङ उडान गर्ने

ताप्लेजुङ — नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङ उडानको टिकट बिक्रि सुरु गरेको छ । विगतको तुलनामा १ हजार ६० रुपैंया भाडा घटाएर टिकट बिक्रि सुरु गरेको हो ।

उडान भने असोज २४ गते बुधबार देखि हुने छ। तत्कालकालागि सातामा दुई दिन बुधबार र शुक्रबार उडानको तालिका सार्वजनिक गरेको छ।

यसअघि असार पहिलो सातासम्म निगमले उडान गरेको थियो। त्यो बेला भाडादर ७ हजार ४ सय ६० रुपैंया थियो। यात्रुले बढी भाडा भएको गुनासो गरेपछि भाडा घटाएकाे निगमकाे ताप्लेजुङ कार्यालयले जनाएकाे छ।

यसअघि समिट एयरले पनि सातामा एउटा उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ। गत सोमबारदेखि गर्ने तालिका भए पनि मौसममा खराबी आएका कारण हुनसकेको छैन। आँउदो साताकालागि टिकट बिक्रि भइरहेको समिट एयरले जनाएको छ।  -kantipurdaily

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप गरिने

विश्व शान्ति तथा सम्पूर्ण प्राणी जगत्को हितका लागि ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । आगामी चैत्र २० देखि २२ गते सम्म

विपद जोखिम न्यूनिकरण गर्न नमुना अभ्यास

विभिन्न प्राकृतिक विपद्ले दुःख दिइरहने जिल्ला मध्ये एक हो ताप्लेजुङ । आगलागि र बाढि पहिरो जस्ता विपद्का कारण यहाँका नागरिकले वर्षेनी करोडौंको क्षति

शैक्षिक विकासका लागि ५ बुदें ताप्लेजुङ घोषणा–पत्र जारी

पाँचबुंदे शैक्षिक घोषणा–पत्र जारी गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी जिल्लाभरका माध्यमिक बिद्यालयहरुका प्रधानाध्यापकहरुको गोलमेच सम्मेलन