अन्तर गाउपालिका फुटसल प्रतियोगितामा आठराइ त्रिवेणी विजयी

बिजय दशमी, दिपावली, नेपाल सम्बत, उधौली, छठ, ल्होसार लगायतका नेपाली चाडहरुको सन्दर्भमा ताप्लेजुङ युवा समाज काठमाण्डौले अन्तर गाउपालिका फुटसल प्रतियोगिताको आयोजना गरेकोछ ।

यहि आसोज १९ गते शुक्रबार काठमाण्डौको धुम्बाराहीमा आयोजना गरेको थियो । को उक्त फुटसल प्रतियोगितामा आठराइ त्रिवेणी गाउँपालिकाको खेलाडी टिम पहिलो भएको छ । उस्ले  नगद रु चालिस हजार पुरस्कार सहित ट्रफी र मेडल हात पारेको छ भने दोश्रो हुने मेरिङदेन गाउपालिकाको खेलाडी टिमले नगद रु पच्चिस हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गरेकोछ ।

खेल उद्घाटन समारोहको अध्यक्षता ताप्लेजुङ युवा समाज, काठमाण्डौका अध्यक्ष मुक्ति लावुङ लिम्बुले गर्नु भएको थियो भने उदघाटन समारोहका प्रमुख अतिथी पुर्वसभासद पासाङ सेर्पाले रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गर्नु भएको थियो । ताप्लेजङका राजनितीकर्मी, समाजसेवी, उद्यमी ब्यावसायीहरुको बृहत सहभागीतामा सम्पन्न भएको उक्त प्रतियोगितामा बिभिन्न गाउँपालिकाका १२ वटा खेलाडी टिमले भाग लिएका थिए ।
 

प्रतिकृया दिनुहोस

बार्सिलोनासँग बराबरी खेल्दै टोटनह्याम प्रिक्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनासँग बराबरी खेल्दै इंग्लिस क्लब टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ

फुङलिङ नगरमा मेयर कप भलिवल

संस्कृति र परम्परालाई खेलकुद क्षेत्र संग जोड्ने उद्धेश्य सहित फुङलिङ नगरपालिकामा आगामी पुस ७ गतेवाट मेयरकप भलिवल प्रतियोगिता हुने भएको छ ।

लिभरपुलको जित, सलाहको ह्याट्रिक

मोहम्मद सलाहको ह्याट्रिकको मद्धतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथलाई चार शून्यले हरायो । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सलाहको