भोलिदेखि अनुराग प्रदर्शनमा, प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, ११ असोज । पत्रकार ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ भोलि असोज १२ गते शुक्रबारदेखि देशैभरि प्रदर्शनमा आउँदैछ ।

चलचित्रको सफलताको लागि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले शुभकामना दिईसकेका छन् ।

दलका नेताहरुमात्रै नभएर मुलुकका प्रतिष्ठित व्यक्तित्वहरु, चर्चित कलाकारहरुले समेत अनुरागको सफलताको लागि शुभेच्छा प्रदान गरेको प्रस्तुतकर्ता ऋषि धमलाले जानकारी दिए । उनका अनुसार चर्चित कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, झरना थापा, भुवन केसी, प्रदिप खड्कालगायत सबैले चलचित्रको सफलताको लागि शुभकामना दिएका छन् ।

त्यस्तै ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले पनि चलचित्रको सफलताको लागि पत्रकार धमलालाई शुभकामना दिएका छन् । शिक्षाविद्, विद्यार्थी संगठनका प्रमुखहरु तथा देशभरिका उद्योगपतिहरु फिल्म हेर्न आँतुर छन् ।

चर्चित हाँस्यकलाकार महजोडीले पनि ऋीष धमलाको मुभी हेर्न सबैलाई आग्रह गरेका छन् । त्यस्तै, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, गृहमन्त्री रामबहादुर थापा ‘बादल ले पनि चलचित्रको सफलताको लागि शुभकामना दिँदै आफूहरु पनि फिल्म हेर्न जाने विश्वास पत्रकार धमलालाई दिएका छन् । त्यस्तै, सुरक्षा निकायका प्रमुखहरुले पनि अनुराग हेर्ने बताएका छन् । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले त प्रहरीहरुलाई ऋषि धमलाको मुभी हेर्न आग्रह गरेका छन् ।

करिब २ करोड लागतमा निर्माण गरिएको उक्त चलचित्र काठमाडौं बाहिर ६० वटा र काठमाडौं उपत्याकाभित्रका सबै हलहरुमा भोलि एकसाथ प्रदर्शनमा आउँदैछ । मुभीको लिड रोलमा एलिजा गौतम, समुन्द्र पण्डित, थिलेन लामा, सरोज खनाल, राजाराम पौडेल, रुपा राणा, मोहन निरौलालगायत छन् ।

एरिका फिल्मस् प्रा.ली.को ब्यानरम निर्मित उक्त चलचत्रिका निर्माता भरत गौतम र गीता गौतम भेटुवाल हुन् । म्युजिकल लभस्टोरीको थिममा बनेको अनुराग नेपाली दर्शकहरुको लागि नयाँ स्वाद हुने प्रस्तुतकर्ता धमलाको दाबी छ । फिल्मलाई सत्यराज चौलागाँईले निर्देशन गरेका छ भने रामकुमार केसीको छायांकन रहेको छ ।

प्रतिकृया दिनुहोस

'छक्का पञ्जा ३' ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला

यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते  घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ

तमोर हालखबर २०७५ असोज २१ गते आईतबार साँझ ६ बजेको

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर हुने ताप्लेजुङमा आगामी कार्तिक १६ र १७ गते मुटु रोग सहित विभिन्न जटिल रोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर

एलिना बनिन् डान्स स्टार

ताप्लेजुङ,  कुन्साड् डान्स सेन्टर मुख्य आयोजक रहेको ‘डान्स ताप्लेजुङ डान्स’ को उपाधि एलिना गुरुङले हात पारेकी छन् । शनिबार सदरमुकाम फुङ्लिङमा