एलिना बनिन् डान्स स्टार

ताप्लेजुङ,  कुन्साड् डान्स सेन्टर मुख्य आयोजक रहेको ‘डान्स ताप्लेजुङ डान्स’ को उपाधि एलिना गुरुङले हात पारेकी छन् । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न फाइनल अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै एलिनाले डान्स ताप्लेजुङ डान्सको उपाधि रक्षा गरिन् ।
उपाधिका साथ उनले नगद ५० हजार पाएकी छन् । प्रतियोगितामा फस्ट अनरअप बन्दै प्रवेश खतिवडाले नगद २० हजार रुपैयाँका साथ ट्रफी पाएका छन् । सेकेण्ड रनरअप रोजी लिम्बू भइन् । रोजीले नगद १० हजार रुपैयाँका साथ ट्रफी पाएकी छन् । फाइनल चरणमा आयुष लिम्बू र प्रीति गुरुङ पनि सहभागी थिए । आयुष र प्रितीको क्रमशः चौंथो र पाँचौ स्थान रह्यो ।

बिजेता नृत्यकारहरुलाई कार्यक्रमका प्रमुख अथिति रहेका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन सहितले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । तीन सय ५० बढी सहभागीबीच गराइएको प्रतिस्पर्धामा गएको भदौ २२ गतेको सेमीफाइनल अडिसनबाट फाइनल प्रतिस्पर्धाका लागि ५ जना छानिएका थिए । फाइनल अडिसनमा जानुअघि उनीहरुलाई कृष्ण तामाङ, अभिशेष मगर र टाइगर तामाङमार्फत कोरियोग्राफी गराइएको थियो ।
आयोजक कुन्साड् डान्स सेन्टर प्रोपाइटर पेम्बा लामाले डान्स ताप्लेजुङ डान्सको ख्यातीले यसको सिजन २ को ढोका खुल्ला गरेको जानकारी दिए । कार्यक्रममा अर्जुनधारा डासिन्सङ स्टार आकृति तामाङ र कलाकार वीरेन्द्र श्रेष्ठ समेतले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

'म त पिरिममा' को भिडियो प्रतियोगिताका लागि ५० हजार पुरस्कार

काठमाडौं: माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'गरुढ पुरण' ले फिल्ममा समावेस गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ। 'मदानी

ब्यूटी विद् अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ, नेपालीहरुका लागि एकैसाथ दाेहाेराे खुशी

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी