चाडपर्व लक्षित ताप्लेजुङमा वजार अनुगमन

बसन्त लिम्बू÷ताप्लेजुङ, असोज ४, ताप्लेजुङका अधिकांस पसलहरुमा मुल्य सुचि नराखेको, विल मार्फत कारोवार नगरेको तथा पसलहरुमा अखाद्य वस्तु समेत पाईएको छ । विहिवार जिल्ला सदरमुकाम फुङलिङमा जिल्ला प्रशाशन कार्यालय र फुङलिङ नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा यस्तो पाईएको हो । विहिवार ताप्लेजुङ सदरमुकामका विभिन्न किसीमका ६ ओटा पसलहरुमा अनुगमन गर्दा अधिकांसमा मुल्य सुचि नै नराखेको, म्याद गुज्रेका सामग्री विक्रिका लागि राखेको, होटल तथा मासु पसलमा सरसफाई नगरेको पाईएको फुङलिङ नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत श्रवण कुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार पसलमा राखिएका सामग्रीहरुको म्याद नाघेको, मुल्य सुचि नराखिएको र फुलफुल तथा तरकारी पसलमा अखाद्य वस्तु राखेको पाईएको थियो । सो पसलहरुमा तत्काल सुधार्नको लागि १ हप्ताको समयसीमा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले जानकारी दिए । 
त्यस्तै व्यवसायको प्रमाणपत्र नविकरण नभएकोे पाईएकोले चाँडो भन्दा चाँडो नविकरण गर्नपनि सुझाव दिएको मादेनको भनाई छ । जिल्ला सदरमुकामका किराना पसल, कपडा पसल, औषधि पसल, मासु पसल, होटल तथा फलफुल तथा तरकारी पसलमा अनुगनमन गरिएको थियो । विषेश गरि मासु पसलका फ्रिज फोहोर रहेको तथा फलफुल पसलमा कुहिएका वस्तुहरु राखेको पाईएको थियो । अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुलाई नियन्त्रणमा लिएको पनि वताईएको छ । यसैविच आगामी दिनमा छोटो छोटो समयमा नै वजार अनृगमन गर्ने तथा आज सुधार्नको लागि निर्देशन दिएका पसलहरुमा फेरीपनि चेकजाँच गर्ने फुङलिङ नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत पोख्रेलले जानकारी दिए । यस्तै दशंै तिहार जस्ता चाड पर्व नजिकिदै जादा किनमेल बढि हुने भएकाले आफुहरु थप ठगिने सम्भावना वढेको स्थानिय उपभोक्ताहरुको भनाई छ । म्याद सकिएका र विक्रि नभएका सामान गाउँका बजार पसलमा पठाएर केहि म्याद भएका सामान सदरमुकामका व्यापारीले विक्री गर्ने गरेको पनि उपभोक्ताहरुको गुनासो छ । 
यता कहिले काही हुने गरेको वजार अनुगमन पनि सदरमुकाम केन्द्रित भएकाले गाँउ गाँउमा खोलिएका पसलहरुमा खुलेआमनै यस्ता अखाद्य, गुणस्तरहिन सामाग्री वेचविखन हुने गरेको स्थानियवासीको भनाई छ । नियमित रुपमा बजार पसल अनुगमन नगरीदा कालोबजारी बढेको छ भने यो वर्ष चाड पर्व नजिकिदै जादा समेत हुने मौषमी बजार अनुगमन अझै सुरु भएको छैन । सदरमुकाम फुङलिङ, दोस्रो ठुलो बजार दोभान, खाम्दिने, सिवा लगायतका स्थानमा गुणस्तरहिन, म्याद सकिएका अखाद्य तथा पेय पदार्थ खुलेआम विक्रि हुने गरेको उपभोत्ताहरुको गुनासो रहेको छ ।

 

प्रतिकृया दिनुहोस

तमोर हालखवर २०७५ असोज ३१ गते बुधबार विहान ८ः३० वजे

  अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै  नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी

शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षकाे उमेरमा निधन

शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।  एक

गुडाउने ब्यागभरि आमाले ओमानबाट ल्याएको खुसी

काठमाडौं – कीर्तिपुर माविमा पढ्ने सबैको ड्रेस उस्तै छ, आकाशे रंगको सर्ट र निलो पाइन्ट या फ्रक । ब्याग पनि झण्डै उस्तै । तर कक्षा २ मा पढ्ने धादिङका