रातीदेखि बढीगाड खोला थुनियो, चार घर डुबानमा

बाग्लुुङ - ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा गएरातिदेखि बढीगाड खोला थुनिएको छ । राती करिब १२ बजेदेखि खोला थुनिएको हुनसक्ने स्थानीयबासिन्दाले अनुमान गरेका छन् । ढोरपाटन नगरपालिका १ र बढीघाट गाउँपालिका ७ अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो । 

खोला थुनिएपछि ढोरपाटन नगरपालिका २ को सिमलचौर क्षेत्रका ४ वटा घरहरु डुबानमा परेको स्थानीयबासिन्दाले बताएका छन् । डुबानबाट कुनै मानवीय क्षति भएको छैन । पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बढीघाट छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरु थुनिएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट निकै त्रसित बनेका छन् ।

घटनाको जानकारी पाएपछि रातै नै बाग्लुुङबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेना सहितको टोली घटनास्थलमा जाँदैछ । खोला थुनिएपछि गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका अन्तर्गत पर्ने बढीगाड खोला वरिपरि रहेका बजार र बस्तीहरुमा पनि सुरक्षा सतर्कता बढाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भएको छ ।

बढीगाड थुनिएको स्थान बाग्लुङ्ग सदरमुकामबाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामबाट ४५ किलोमिटर दूरीमा पर्दछ । 

कुन-कुन क्षेत्र जाेखिममा छन् ?

प्रतिकृया दिनुहोस

नेपाली वायुसेवा कम्पनीले पाँच वर्षभित्र नेपाली पाइलटमात्र राख्नुपर्ने

काठमाडौं, असोज ५ । सरकारले नेपाली वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्र आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने नियम लागू गरेको छ । नेपाल नागरिक

चाडपर्व लक्षित ताप्लेजुङमा वजार अनुगमन

बसन्त लिम्बू÷ताप्लेजुङ, असोज ४, ताप्लेजुङका अधिकांस पसलहरुमा मुल्य सुचि नराखेको, विल मार्फत कारोवार नगरेको तथा पसलहरुमा अखाद्य वस्तु समेत पाईएको

यातायात मजदुरले ३ दिनदेखि गरेको सवारी हड्ताल ताप्लेजुङमा फिर्ता

बसन्त लिम्बू÷ताप्लेजुङ, असोज ४, यातायात मजदुरले ३ दिनदेखि गरेको सवारी हड्ताल ताप्लेजुङका लागि भने खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा