ताप्लेजुङ डान्स स्टारमा पाँचजना छानिए

ताप्लेजुङ, २६ भदौ । नृत्य प्रतिभाको खोजी गर्ने उद्देश्यसहित गत साउनको पहिलो साताबाट सुरु गरिएको डान्स ताप्लेजुङ डान्सको अन्तिम प्रतिस्पर्धा (फाइनल) का लागि उत्कृष्ट पाँच जना छनोट भएका छन् । ताप्लेजुङस्थित कुन्साङ डान्स सेन्टरले सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा विभिन्न चार चरण पार गर्दै पाँच जना नृत्यकार छनोट भएका हुन् ।

फाइनल प्रतिस्पर्धाका लागि छनोट हुनेमा रोजी लिम्बू, प्रवेश खतिवडा, प्रिती गुरुङ, आयुष लिम्बू र एलिना गुरुङ रहेका छन् । डान्स ताप्लेजुङ डान्सको सेमी फाइनल चरणबाट फाइनलमा छानिएकाहरुबाट अब बिजेता, उपविजेता (फस्ट रनर अप) र तृतीय (सेकेण्ड रनरअप) छानिने कुन्साङ डान्स सेन्टरका प्रवन्धक पेम्बा लामाले बतए ।

लामाका अनुसार छनोटको सुरुमा ७२ जनाले सहभागिता जनाएका थिए । अब फाइनल चरणका लागि मिति तय भइनसके पनि चाँडै नै कार्यक्रम गर्ने तयारी रहेको उनले बताए । उनका अनुसार आगामी प्रतियोगिताको फाइनलबाट डान्स स्टार बन्नेले ५० हजार रुपियाँ नगद पुरस्कार र फस्ट रनरअप तथा सेकेन्ड रनरअपले क्रमशः २० हजार र १० हजार रुपियाँ नगद पुरस्कारका साथ ट्रफी पाउनेछन् ।- Sajilo Khabar

प्रतिकृया दिनुहोस

“ताप्लेजुङ डान्स स्टार सिजन २” का प्रतिष्प्रधीहरुद्धारा खुला भोट अपिल

दोखु युवा क्लबद्धारा ताप्लेजुङमा जारी “ताप्लेजुङ डान्स स्टार सिजन २” का प्रतिष्प्रधीहरुले आज सदरम्ुकाममा खुला भोट अपिल गरेका छन ।   चौथो

'छक्का पञ्जा ३' ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला

यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते  घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ

तमोर हालखबर २०७५ असोज २१ गते आईतबार साँझ ६ बजेको

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर हुने ताप्लेजुङमा आगामी कार्तिक १६ र १७ गते मुटु रोग सहित विभिन्न जटिल रोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर