दुई छोरालाई झुन्ड्याएर महिलाद्वारा आत्महत्या, डोरी चुँडिएर बाँचे एक छोरा

काठमाडौं, भदौ २६ । मोरङको बूढीगंगा गाउँपालिका–२ की २९ वर्षीया कविता यादवले सोमबार दुई छोरालाई पासो लगाएर आत्महत्या गरेकी छन् ।

झुन्ड्याइएका दुईमध्ये १० वर्षीय जेठा छोरा निशान भने डोरी चुँडिएर बाँचेका छन् । पाँच वर्षीय अमनको भने मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

प्रहरी घटनास्थल पुग्दा कविता र अमनको शव घरको बलोमा झुन्डिएको अवस्थामा थियो । डोरी चुँडिएर बाँचेका निशान निराट नर्सिङ होममा उपचाररत छन् ।

कविताका पति अमरलाल यादवको दुई वर्षअघि नै निधन भइसकेको थियो । केही समय अघिदेखि भने भारत फारविसगञ्ज घर भई विराटनगरमा काम गर्ने रामदेव झा कवितासँगै बस्ने गरेका थिए ।

कहिलेकाहीँ आउने ती व्यक्तिलाई कविताले कान्छो पतिका रुपमा चिनाउने गरेको स्थानीयको भनाइ छ । घटनामा बाँचेका निशानका अनुसार अघिल्लो दिन कान्छो बुवा र आमाबीच झगडा भएको थियो । –राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

वीरगन्ज । टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर

आज - ०२ मंसिर २०७५ आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको

योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

जनकपुर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा