नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा जोशीले स्वागत गरे

काठमाडौं - सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त हुनुभएको छ। संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेलगत्तै उहाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले सोमबार साँझ सर्वोच्चमा गएर पदभार ग्रहण गर्नुभयो ।

सर्वोच्चमा उहाँलाई संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले स्वागत गर्नुभयो । संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी बिदामा बस्दै आउनुभएको थियो । तर मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै उहाँ सोमबार सर्वोच्च जानुभएको हो ।

जोशीले उहाँलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गर्नुभयो । जोशीको नाम स्वीकृत भएको भए मिश्र प्रधानन्यायाधीश बन्न पाउनु हुने थिएन । सर्वोच्चको न्यायाधीशकै रुपमा अवकास पाउनुहुन्थ्यो । तर, शैक्षिण प्रमाणपत्र लगायतका विवादका कारण जोशी अस्वीकृत भएपछि मिश्रले चार महिना सर्वोच्चको नेतृत्व गर्ने अवसर पाउनुभएको हो ।

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो । 

रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ गते  जन्मनुभएका ओमप्रकाश मिश्रले २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गर्नुभएको हो । गएको साउन २० गतेदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम शुरु गर्नुभएका मिश्रले सोमबारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर पाउनुभएको छ । 

प्रतिकृया दिनुहोस

छोरो सम्झेर भक्कानिए दाहाल, गला अवरुद्ध भयो...

दोलखा । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छोपेको थियो । तत्कालीन एमालेसँग

‘विप्लवको जनअदालत’ मा एक हजार मुद्दा

  काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अभिनन्दित

मोरङ - प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता