गोपीकृष्णमा नलाग्ने भयो ‘रामकहानी’, निर्देशक भन्छन् - धोका दियो

काठमाडौं - शुक्रबारदेखि एकैसाथ देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रामकहानी’ काठमाडौंको गोपीकृष्ण हलमा भने नलाग्ने भएको छ । चलचित्र रिलिजको अन्तिम समयमा आएर हल सञ्चालकले धोका दिएका कारण गोपीकृष्णमा चलचित्र नलगाउने निर्णय गरिएको निर्देशक सुदर्शन थापाले बताए ।

‘खुला प्रतिस्पर्धा गर्न नसक्नेले मैदानमा सँगै लड्न सक्छु भनेर धाक किन देखाउनु ? हिम्मत भए खुल्ला प्रतिष्पर्धा गरेर देखाउन् हामी त्यसको सामना गर्न तयार छौ !’ निर्देशक थापाको भनाई छ ।

‘सुरुमा ठूलो हल कृष्ण मा ‘रामकहानी’लगाउने बताएको र अन्तिम समयमा आएर कृष्ण ‘रामकहानी’लाई नदिने, त्यसको साटो दुईसय दर्शक क्षमता भएको नमः मात्र दिने बताएपछि गोपीकृष्णमा ‘रामकहानी’ नलगाउने निर्णय गरिएको वितरक सुनिल मानन्धरले बताए ।

वितरक मानन्धरले भने, ‘कृष्णमा हामीलाई दिने बताएपछि हामीले पोस्टर समेत टाँसिसकेका थियौं । अन्तिम समयमा आएर कृष्ण नदिएर नमः दिने भएपछि हामीले चलचित्र नलगाउने  निर्णय गरेका हौं ।’ गोपीकृष्णको सबैभन्दा ठूलो हल गोपीमा ‘रोज’लगाउने बताएकोे गोपीकृष्णले कृष्ण भने खाली नै राखेको वितरक मानन्धरको भनाइ छ । 

त्यसो त गोपीकृष्ण हलबाट यस्तो हर्कत भएको यो पहिलो भने हैन । केही समय पहिले प्रदर्शनमा आएका चलचित्रहरु गाजलु, कबड्डी जस्ता चलचित्रहरुले समेत गोपीकृष्णबाट यस्तै समस्या भोग्नु परेको थियो ।

आफ्नो चलचित्र प्रदर्शनमा रहँदा अन्य चलचित्रहरुलाई गोपीकृष्णले साना पर्दामा सीमित गर्दै त्यसको फाइदा लिने गरेको गुनासो छ ।

 

प्रतिकृया दिनुहोस

डान्सरलाई टप पाँच जनालाई निःशुल्क प्रशिक्षण

ताप्लेजुङस्थित कुन्साड् डान्स सेन्टरले आयोजना गरेको ‘डान्स ताप्लेजुङ डान्स’ प्रतियोगितामा फाइनलमा पुगेको टप (उत्कृष्ट) पाँच जनालाई डान्स

ताप्लेजुङ डान्स स्टारमा पाँचजना छानिए

ताप्लेजुङ, २६ भदौ । नृत्य प्रतिभाको खोजी गर्ने उद्देश्यसहित गत साउनको पहिलो साताबाट सुरु गरिएको डान्स ताप्लेजुङ डान्सको अन्तिम प्रतिस्पर्धा

ताप्लेजुङ डान्सस्टार सिजन–२ मा पहिलो चरणवाट ७२ जना छानिए

भदौ १६, प्रदेश नं. १ कै अहिले सम्मकै ठूलो धनराशीको पुरस्कार दावी गरिएको खुल्ला नृत्य प्रतियोगिता ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को पहिलो अडिसन