ताप्लेजुङका लागि रातो किताब मै हुँ : योगेश भट्टराई

ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङका लागि रातो किताब आफैँ भएको बताएका छन्। प्रेस संगठन नेपाल ताप्लेजुङद्वारा शनिबार ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ताप्लेजुङका जनताको प्राथमिकतामा रहेका विकासका आयोजनाहरू रातो किताबमा नपरे पनि ती योजनाहरू निरन्तर रूपमा सञ्चालन हुने भएकाले रातो किताबमा परेन भनेर चिन्ता लिनु नपर्ने बताए। 'कतिपय रातो किताबमा परेका आयोजना पनि सञ्चालन आएका छैनन्। कतिपय नपरेको पनि सञ्चालनमा छन्', उनले भने, 'रातो किताबमा नपरे पनि हाम्रो जिल्लाका आयोजनाहरू सञ्चालन हुन्छन्। तपाईहरू ढुक्क हुनुहोस्, रातो किताब मै हुँ।'

यस पटक तमोर करिडोर, उत्तर–दक्षिण ओलांचुंगोला लोकमार्ग आयोजना र मदन भण्डारी राजमार्गको बजेट रातो किताबमा परेको छैन्। उनले आउँदो दसैंको छेको पारेर मन्त्री परिषद् बैठकले सामाजिक सुरक्षा भत्ता वृद्धिको निर्णय लिन सक्ने संकेत गरेका छन्। सामाजिक सुरक्षा भत्ता वृद्धिको पूर्वघोषित अवस्थाबाट वर्तमान सरकार र नेकपा बिचलित नभएको उनले दावी गरे। नेता भट्टराईले विचौलियाका कारण हरेक क्षेत्र प्रभावित बनेको भन्दै यसका विरुद्ध सरकारले कुनै कसर बाँकी नराख्ने बताए। उत्पादकबाट सस्तोमा सुविधा लिँदै अनियन्त्रित रूपमा नाफा कमाउने विचौलियाको प्रवृत्तिले उत्पादक र उपभोक्ता दुवै मारमा परिरहेको अवस्थालाई मध्य नजर गर्दै सरकारले नियन्त्रणको प्रयास थालेको उनको भनाई छ।

एक फरक प्रसंगमा पछिल्लो समयमा स्थानीय तहले लिइरहेको करबाट मारमा परेको भन्ने जनगुनासोप्रति आफ्नो पाटीको ध्यानाकर्षण भएको बताए। कर उठाउने विषयमा स्थानीय सरकार स्वतन्त्र भए पनि जनतालाई असुविधा हुने खालको र अस्वभाविक भए त्यसमा विचार पुर्‍याउन पार्टीले समन्वय गर्ने बताए। अबको दुई वर्षभित्र बहान्देबाट दोभानसम्मको बाटो कालोपत्रे हुनेमा शंका नगर्न आग्रह गर्दै नेता भट्टराईले पाथिभरा जाने सडकका लागि सरकारी योजना भन्दा बेग्लै अरू योजनाको दृष्टिकोण पनि आफूले अघि सारेको बताए। भारतको एक्जिभ बैंकसँग २५ करोडभन्दा माथिको रकम रहनेगरी सडक निमार्णका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए। यसै वर्षबाट पाथीभरा क्षेत्रका जनताका लागि ८० देखि १०० वर्षसम्मलाई पर्याप्त मात्रामा पानी पुग्नेगरी ३० करोडसम्मको योजना अघि बढ्ने तयारीमा रहेको उनको भनाई थियो।

उनले सुकेटार विमानस्थलको स्तरवृद्धि र स्तरोन्नतीका दुवै कार्य यही वर्षबाट सुरु गर्ने योजना पनि सुनाए। दोभान पारी चाँगे र ढुङ्गेसाँघुको बीच भागमा अर्को विमानस्थल बनाउने सोच तत्काल कार्यान्वयन नहुने र त्यो प्राविधिक दृष्टिकोणले पनि अनुपयुक्त रहेको प्रतिवेदन आएकोले सुकेटारलाई बाह्रैकाल चल्ने र दुवै तर्फबाट जहाज बस्ने गरी स्तरोन्नती हुने जानकारी दिए। नेकपाका केन्द्रीय नेता समेत रहेका भट्टराईले सरकार सञ्चालनको ६ महिनाको अवधि जारी रहँदा धेरै सार्वजनिक प्रश्न उठेको भए पनि यस्ता प्रश्नले आफूहरूलाई सचेत र सन्तुलित बनाउन प्रयास गरेको बताए। यो सरकार कुनै दिनगन्ती नजिक नरहेकोले अबको पाँच वर्षभित्र मुलुकलाई समृद्ध बनाउने योजना बनाइरहेको उनको भनाई थियो।
 

प्रतिकृया दिनुहोस

छोरो सम्झेर भक्कानिए दाहाल, गला अवरुद्ध भयो...

दोलखा । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छोपेको थियो । तत्कालीन एमालेसँग

‘विप्लवको जनअदालत’ मा एक हजार मुद्दा

  काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अभिनन्दित

मोरङ - प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता