ताप्लेजुङ डान्सस्टार सिजन–२ मा पहिलो चरणवाट ७२ जना छानिए

भदौ १६, प्रदेश नं. १ कै अहिले सम्मकै ठूलो धनराशीको पुरस्कार दावी गरिएको खुल्ला नृत्य प्रतियोगिता ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को पहिलो अडिसन सम्पन्न भएको छ । ताप्लेजुङका ९ ओटै स्थानिय तह, पाँचथर र तेह्रथुमका ग्रामिण भेगमा पहिलो चरणको अडिशनवाट ७२ जना प्रतिश्पर्धीलाई दास्रो चरणका लागि छनौट गरिएको आयोजकले वताएको छ ।

ताप्लेजुङ डान्स स्टार सिजन–२ प्रतियोगिताको आयोजक फुङ्लिङ नगरपालिकास्थित दोखु युवा क्लबले शनिवार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी पहिलो चरणवाट छनौट भएका प्रतिश्पर्धीहरुको नाम सार्वजनिक गरेको हो । दोखु युवा क्लवका वरिष्ठ सल्लाहकार असोक आङ्बुहाङका अनुसार मिक्वाखोला गाउँपालिकावाट २ जना, मेरिङ्देन गाउँपालिकावाट ५ जना, मैवाखोला गाउँपालिकावाट १० जना, आठराई त्रिबेणी गाउँपालिकावाट ७ जना, सिदिङ्बा गाउँपालिकावाट ४ जना, सिरिजङ्घा गाउँपालिकावाट ४ जना, पाथीभरा याङ्वरकवाट ८ जना, फक्ताङलुङ गाउँपालिकावाट २ जना, पाँचथरवाट ११ जना, तेह्रथुमवाट १० जना र फुङलिङ नगरपालीका वाट ९ जना दोस्रो चरणको लागि छनौट भएका छन् ।

दास्रो चरणको अडिशन भदौ २९ गते ताप्लेजुङ जिल्ला सदरमुकामको सिटिहलमा हुने क्लबका सचिव तथा कार्यक्रम संयोजक क्षितिज सुनुवारले जानकारी दिए । विभिन्न चरणको छनोट सम्पन्न गरी आगामी २०७५ सालको दीपावलीको अवसरमा प्रतियोगिताको फाइनल कार्यक्रम गर्ने योजना बनाएको क्लबका सचिव तथा कार्यक्रम संयोजक  सुनुवारले जानकारी दिए । सुनुवारका अनुसार विभिन्न चरणबाट अन्तिम अर्थात फाइनल प्रतिस्पर्धाका लागि १२ जना प्रतिस्पर्धीलाई छनोट गरिने र उनीहरुबीच मोबाइल एसएमएस भोटिङ प्रणालीमार्फत विजेता, उपविजेता र तृतीयको घोषणा गरिने छ ।

‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को विजेताले दुई लाख रुपियाँ मूल्य बराबरको स्कुटर पुरस्कार पाउने छ । यस्तै उपविजेताले ५० हजार रुपियाँ मूल्य बराबरको ल्यापटप र तृतीय हुनेले २५ हजार रुपियाँ मूल्य बराबरको मोबाइल सेट प्राप्त गर्ने छन् । आयोजकका अनुसार फरक क्षमता भएका तथा असाह्य बालबालिकाको सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको सिजन–१ छ वर्षअघि अर्थात २०६९ सालमा सञ्चालन भएको थियो ।
 

प्रतिकृया दिनुहोस

चलचित्र ‘चौका दाउ’लाई पिजी सर्टिफिकेट

काठमाडौं – सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र ‘चौका दाउ’ २७ पुसबाट देशव्यापी रिलिज हुँदै छ । पूणेन्द्र झाको निर्देशन रहेको ‘चौका

विष्णु माझीले सीडीओलाई भनिन्– अझै दुब्लाउने मन छ

प्रख्यात लोकगायिका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा श्रीमान सुन्दरमणि अधिकारीसहित पुगिन् । उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार

मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६