थाइल्याण्डमा छ महिनामा डेंगुबाट २१ जनाको मृत्यु, झन्डै २० हजार बिरामी

बैंकक– थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। यस वर्षको सुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८ सय ४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो। 

वर्षातको समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दिए।

प्रभावितमध्ये अधिकांश १० देखि १४ वर्ष उमेर समूहका रहेका पाइएको पनि उनले बताए।

यसलाई नियन्त्रण गर्नका लागि विभागले देशव्यापी अभियान पनि चलाएको छ। अभियानअन्तर्गत घर, विद्यालय, अस्पताल, होटल, कारखाना, कार्यालय, मन्दिरलगायतका सार्वजनिक स्थल तथा मानिस धेरै बस्ने ठाँउमा लार्भा नष्ट गर्ने गरिएको उनको भनाइ छ। रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

नयाँ दिल्ली (एजेन्सी)- ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर पनि बलिउडमा प्रवेश गर्न सक्ने देखिएको छ। यतिबेला मिस वर्ल्डसँग

फिल्म 'भारत'का लागि प्रियंकाले मागिन् १२ करोड पारिश्रमिक

एजेन्सी– अभिनेत्री प्रियंका चोपडा हलिउडका केही प्रोजेक्ट सकेर बलिउड फर्कने तयारीमा छिन्। हलिउड फिल्म 'बेवाच' र अमेरिकन टेलिभिजन

जाम्बियाको खानीमा दुर्घटना हुँदा १० जना मजदुरको मृत्यु, ७ घाइते

लुसाका– जाम्बियाको दोस्रो ठूलो शहरको रूपमा चिनिने किटवेमा रहेको एउटा खानी उद्योगमा भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।  मृत्यु