लागुऔषध सप्लाई गर्न बनाइयो अमेरिकाबाट मेक्सिकोसम्म सुरुङ

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको लुइस रियो कोलोराडो शहरको एउटा घरसम्म पुग्ने गरी सुरुङ खनिएको भेटिएको छ । 

झण्डै १ सय ८० मिटर लामो यो सुरुङ लागुपदार्थ तस्करीको लागि प्रयोग भैरहेको पाइएको अमेरिकाले दाबी गरेको छ । गएको हप्ता यो सुरुङबारे पत्ता लागेपछि दक्षिणी ऐरिजोनामा रहेको त्यो घरको मालिक इवान लोपेन्जलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रहरीले १० अर्ब रुपैयाँभन्दा धरैको लागु औषधसमेत भेटेको खबरमा उल्लेख छ । 

अनुसन्धानकर्ताले लोपेजको घरमा रहेको पुरानो केएफसी रेस्टुरेन्टमा छानबिन गर्दा रेस्टुरेन्टको किचेनभित्र सुरुङ फेला पारेको हो । जुन सुरुङ मेक्सिकोको एउटा घरमा रहेको ओछ्यानमुनि गएर टुंगिन्छ । सुरुङबाट डोरीको सहयोगले लागुऔषध बाहिर निकालिने गरेको बताइएको छ । 

लागुऔषध लुकाउन प्रयोग भएको सुरुङ फेला परेको यो पहिलो घटना भने होइन । दुई वर्षअघि क्यालिफोर्नियाको सान डिएगोमा लागुऔषध लुकाउन प्रयोग गरिएको २ हजार ६ सय फीट लामो सुरुङ फेला परेको थियो । 


 

प्रतिकृया दिनुहोस

प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन्

प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन्

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ ।  सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच