तेश्रो संस्करणको पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा रेडहर्स विजयी

ताप्लेजुङमा आजदेखि सुरु भएको तेश्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब ईलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजंघा स्पोर्टिङ क्लव ताप्लेजुङलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको पहिलो हाफमा रेडहर्सका जर्सी नम्बर १० का सञ्जय धिमालले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । यस्तै जर्सी नम्बर १७ का खेलाडी निरोज बस्नेत आजको खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।  यसैबीच भोलीको खेलमा भने फिदिम स्पोर्टिङ क्लव पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । प्रतियोगिता सदरमुकाम स्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा भईरहेको छ । आगामी १६ गते सम्पन्न हुने प्रतियोगितामा काठमाण्डौ र भारतका समेत १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख १ हजार १ सय ११ र  उप विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैँया नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको दिउँसो एक विशेष समारोहका बीच फुङलिङ नगरपालिकाका प्रमुख तथा मेयर छत्रपति प्याकुरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा विभिन्न नीजि विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए भने लिम्बु र नेवार समुदायले धान नाच साथै लाखे नाच समेत प्रर्दशन गरेका थिए । खेलकुदको माध्ययमबाट पुर्वकै प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरि जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

इटालियन सिरि ए अन्तर्गतको खेलमा क्रिष्टियानो रोनाल्डोको गोलले युभेन्टस विजयी भएको छ । यसै सिजनमा रियल मड्रिड छाडेर युभेन्टस गएका रोनाल्डोले चौथो