जाम्बियाको खानीमा दुर्घटना हुँदा १० जना मजदुरको मृत्यु, ७ घाइते

लुसाका– जाम्बियाको दोस्रो ठूलो शहरको रूपमा चिनिने किटवेमा रहेको एउटा खानी उद्योगमा भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। 

मृत्यु भएका सवै जना खानी मजदुर रहेको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। 

‘घटनास्थलबाट १० जनाको शव निकालिएको छ भने अरू ७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ,’ कोप्पेर्बेल्ट प्रान्तका एक जना उच्च प्रहरी अधिकारी चारिटी काटाङगाले भन्े।

घटनास्थलमा खोजी तथा अनुसन्धान कार्य अहिले पनि जारी रहेको उनले जानकारी दिए।

स्थानीय सञ्चार माध्यमका अनुसार यस्ता घटनाहरू लगातार भइरहेपछि खानी उद्योगहरू बन्द गर्न स्थानीय तथा अधिकारकर्मीहरुले एक अहिना अगाडि नै दबाव दिएका थिए। 

जाम्बिया विश्वमै धेरै खानीबाट तामा निकाल्ने देशमा पर्दछ। उसको आम्दानीको मुख्य स्रोत पनि यही नै हो। रासस/एएफपी

प्रतिकृया दिनुहोस

ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

नयाँ दिल्ली (एजेन्सी)- ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर पनि बलिउडमा प्रवेश गर्न सक्ने देखिएको छ। यतिबेला मिस वर्ल्डसँग

फिल्म 'भारत'का लागि प्रियंकाले मागिन् १२ करोड पारिश्रमिक

एजेन्सी– अभिनेत्री प्रियंका चोपडा हलिउडका केही प्रोजेक्ट सकेर बलिउड फर्कने तयारीमा छिन्। हलिउड फिल्म 'बेवाच' र अमेरिकन टेलिभिजन

थाइल्याण्डमा छ महिनामा डेंगुबाट २१ जनाको मृत्यु, झन्डै २० हजार बिरामी

बैंकक– थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। यस वर्षको सुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८ सय ४