तमोर हालखवर २०७५÷०५÷०६ बुधवार विहान ८ वजे

बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, १ र ५ प्रदेशमा सार्वजनिक विदा
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ ।आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।मुस्लिम समुदायको बकर इदका अवसरमा प्रदेश नम्बर १ र ५ का सरकारले आज सार्वजनिक बिदासमेत दिएका छन् ।
प्रदेश नम्बर २ सरकारलले बुधबार मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

जबरजस्ती करणीको आरोपमा एक पक्राउ
 ताप्लेजुङको मैवाखोला गाउपालिका ५ की एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला ५ का  २३ वर्षीय कमल थोप्रा लिम्बु रहेका छन् । घटनामा संग्लग्न सोही स्थान बस्ने २० वर्षीय  डिके खुईले भनिने सुमन थोप्रा लिम्बु फरार रहेका छन् । मंगलवार बिहानै उनिहरु दुवैजनाले किशोरीलाई विभिन्न धाक धम्की दिई स्थानिय कुल बहादुर लिम्बुको खाली घरमा लगी जबरजस्ती करणी गरेर फरार रहेको भन्ने किशोरीका बाबुले दिएको जानकारी अनुसार प्रहरी चौकी साँघुबाट खटिएको प्रहरी टोलीले प्रतिवादी मध्येका कमललाई मंगलवार नै पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेका अर्का प्रतिवादीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–२ नौले, करकुसेका ४५ वर्षीय लालध्वज भनिने भीमबहादुर (नाम परिवर्तन) रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।आफूलाई श्रीमानले जबर्जस्ती करणी गरेको र नाबालिक छोरीलाई पनि यौन दुर्व्यवहार गरेको भन्दै उनी विरुद्ध श्रीमतीले नै प्रहरीमा उजुरी दिएकी थिइन् ।
१२० बालबालिकामाथि यौन दुर्व्यवहार र बलात्कार !
बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् । केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुर्जजना बालक जर्मन नागरिकबाट यौन दुव्र्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् । यही अवधिमा १२ प्रतिशत १४  जना बालिका सामुहिक बलात्कारमा परेका छन् ।


उच्च अदालमा चार वटा इजालसमा बहस , छुटेका प्रहरी थापा र खड्कालाई थुनामा राख्न आदेश
३८ क्वीहटल सुन तस्करी र उर्लाबारी सनम शाक्या हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिकमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ ।जिल्ला अदालत मोरङका न्यायाधी नारयण प्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाइ सादा तारेख र  र प्रहरी जवान विष्ण बहादुर खड्कालाई १५ हजार धरौटिमा छोड्न आदेश दिएका थिए । तर, सोही आदेश रित पुर्वक नभएको ठहर गर्दै सरकारी बकिलको कार्यालय मोरङले अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए ।उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालतको सूचना अधिकृत राजनकुमार दाहलले जानकारी दिए । खड्का निलम्बन डिआइजी श्याम खत्रीको सवारी चालक हुन् भने थापा बडिगार्ड हुन् । डिआइजी खत्री यसै प्रकरण मुद्दामा पुर्पक्षको लाथि झुम्का कारागारमा थुनामा छन् ।
मंगलबार चार वटा इजालमा पाँच थान मुद्दा छुटा–छुटै इजालमा बहस भएको दाहालले जानकारी दिए । सुन तस्करी र हत्या प्रकरण मुद्दामा पुर्पपक्षको लागि थुनामा रहेका हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीलाई समेत जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको हो ।उच्च अदालतको मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्याधीश उमेश कुमार सिंहको संयुक्त १ नम्बर इजासले गौतम र थापालाई जिल्लाको आदेश सदर गरेका गरे । त्यस्तै ३ नम्बर इजालमा न्यायाधीशद्धोय तीर्थबहादुर कार्की र ऋषिराम दवाडीको संयुक्त इजालसले गोल्यानलाई जिल्लाको आदेश सदर गरे भने ४ नम्बर इजालमा न्यायाधीश द्धोय हरिप्रसाद भण्डारी र जनक पाण्डेको संयुक्त इजालसले ठकुरीलाई जिल्ला अदाललते जेठ ८ गते गरेको आदेशनै उच्चले सदर गरेको छ ।साताको बिहीबार मात्र पेशी चढदै आएको उच्च अदालतमा मुद्दाको चाप बढेपछि अन्य बारसमेत पेशी चढेको अदालतको सूचना अधिकारी दाहालले जानकारी दिए । सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि १७ नम्बर गरेका थिए । गएको बिहीबा भएको उच्च अदालतको आदेशले पुन्यप्रसाद लामा, राजन कुमारलाई समेत जिल्लाको आदेश सदर गरेको थियो । अहिले उनीहरु थुनामा रहेका छन् ।

कोही युवा बेरोजगार हुनु नपर्ने, भएमा निर्वाह भत्ता पाइने
 सरकारले सबै नेपाली नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्ने तयारी थालेको छ । कोही युवा बेरोजगार हुनु नपर्ने तथा बेरोजगार भए सरकारले निर्वाह भत्ता उपलब्ध गराउने सरकारको तयारी हो । रोजगारीको हक सम्बन्धमा बनेको विधेयक मन्त्रिपरिषदबाट पारित भैसकेको छ । मन्त्रिपरिषदले पारित गरेको विधेयकको मयौदा केही दिनभित्र संसदमा पेश हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । संसदले विधेयक पास गरेर ऐन बनेपछि कोही युवा बेरोजगार हुनु नपर्ने सरकारको दाबी छ ।सीप, शिक्षा, योग्यताका आधारमा सबै नागरिकलाई आधारभूत रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ । रोजगार सूचना केन्द्र खोलेर आन्तरिक श्रम बजारमा रहेका रोजगारीका सम्भावानाको खोजी गर्ने विषयलाई  प्राथामिकतामा राखिएको छ ।सरकारले यो विधेयकमार्फत नै बाध्यताकारी वैदेशिक रोजगारीको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
विधेयकमा बेरोजगार व्यक्तिको परिभाषासमेत उल्लेख गरिएको छ । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएको वा कम्तिमा तोकिएबमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नरहेको १८ वर्षदेखि ५९ वर्ष उमेर समूहको नागरिकलाई बेरोजगार भनी किटान गरिएको छ ।ऐन लागू भएपछि प्रदेश सरकार तथा स्थानीय तहले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार दिन आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्ने विधेयकमा उल्लेख छ ।विधेयकमा प्रदेश सरकार र स्थानीय तहले बेरोजगार सहायताको लागि रोजगारीको अवसर सम्बन्धी सूचना उपलब्ध गराउने, रोजगारमूलक तथा सीपमूलक तालीम दिने, बैंक तथा वित्तीय संस्था मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, स्वरोजगार सृजना गर्ने र बेरोजगार सहायताकार्यक्रम सम्बन्धी अरु व्यवस्था गर्ने उल्लेख छ ।बेरोजगार सहायता कार्यक्रम अन्तर्गतको तालीम प्राप्त गरेको व्यक्तिले रोजगार सेवा केन्द्रले खटाएको ठाउँमा गई तोकिए बमोजिम काम गर्नुपर्ने विधेयकमा उल्लेख छ ।

गोपनीयताको हकसम्बन्धी विधेयकमा समेत प्रेसमाथि अंकुश
सरकारले मौलिक हक कार्यान्वयन गर्न भन्दै ल्याएको गोपनीयतासम्बन्धी विधेयकमा समेत प्रेसमाथि अंकुश लगाउने व्यवस्था समावेश गरेको छ ।सार्वजनिक ठाउँको फोटो खिच्दा कुनै व्यक्तिको तस्बिर कैद भएर सार्वजनिक भएमा तीन वर्षसम्म जेलको सजाय हुने व्यवस्था गरिएको छ ।गत शुक्रबारबाट कार्यान्वयनमा आएको मुलुकी अपराधसंहिता ऐनमा यो व्यवस्था बाझिएको हो ।सरकारले संसद्मा दर्ता गरेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १६ को उपदफा २ मा ‘कसैले कुनै सार्वजनिक ठाउँको तस्बिर खिच्दा त्यस्तो ठाउँमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिन गएकोमा समेत त्यस्तो व्यक्तिको मञ्जुरीविना सो तस्बिर प्रयोग गर्न वा गराउन नहुने’ भनिएको छ ।यसो गरे तीन वर्षसम्म जेल र ३० हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ ।तर, कार्यान्वयनमा आइसकेको मुलुकी अपराधसंहिताको धारा २९५ को उपधारा १ मा ‘कसैले कुनै व्यक्तिको अनुमतिविना निजको तस्बिर खिच्न वा अरूको तस्बिरसँग राखी अर्को तस्बिर बनाउन हुँदैन ।तर, कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्बिर खिचिन गएको रहेछ भने कसुर गरेको मानिनेछैन’ भनिएको छ ।

निजीलाई फाइदा पुग्ने गरी शिक्षा विधेयक हेरफेर गरिँदै
सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसद्मा दर्ता गरेको छ।कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको छ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पेस गरेको मस्यौदा मन्त्रिपरिषद्ले आइतबार स्वीकृत गरेको थियो । विधेयकबाट निजी विद्यालयलाई भार पर्ने प्रायः सबै प्रावधान हटाइएको छ।आयोगले चैत २३ मा शिक्षा मन्त्रालयमा पठाएको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था थियो।तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रालयका सचिव, सहसचिवहरू, निजी विद्यालयका प्रतिनिधि र सरोकारवालाले छलफल गरेर मस्यौदा टुंग्याएका थिए । आरक्षण गरिएको स्थानमा सूचना प्रकाशन गरी प्रतिस्पर्धाका आधारमा योग्य र सक्षम बालबालिकालाई भर्ना गर्नुपर्ने प्रावधान विधेयकमा छ।

देउवाले थाले महासमितिबारे छलफल, किन तयार भए देउवा ?
कांग्रेसले महासमिति बैठकको तयारी औपचारिक रूपमा अघि बढाउने भएको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले आगामी ८ भदौमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक डाक्न ढिलो भएको भन्दै नेतृत्वको आलोचना भइरहेका वेला विदेशबाट फर्किएलगत्तै सभापति देउवाले बैठक बोलाएका हुन् ।महामन्त्री पूर्णबहादुर खड्काले ८ भदौमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले धेरै विषय टुंग्याएर महासमिति बैठक गर्ने बाटो खोल्ने जानकारी दिए ।  नेताहरूबीच सहमति भए ८ भदौअगावै मस्यौदा समिति टुंगिन सक्ने उनले जानकारी दिए ।
भदौभित्रै गर्ने देउवाको तयारी
सभापति देउवाले भदौ मसान्त वा असोजको दोस्रो सातासम्ममा महासमिति बैठक गर्नेबारे छलफल थालेका छन् । त्यसअघि भने देउवाले विधान मस्यौदा समिति गठन गर्न अलमल गरेका थिए । उनी भदौ मसान्तमा सम्भव नरहेको भन्दै आगामी छठपछि महासमिति बैठक गर्ने छलफलमा थिए । त्यसको सूचना देउवाकै सचिवालयबाट चुहिएको थियो । तर, पार्टीभित्र आलोचना भएपछि उनी विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएर भदौ मसान्तकै आसपास महासमिति बैठक गर्नेबारे छलफलमा जुटेका हुन् ।


राजपामा २९ महासचिवः पदाधिकारी बस्ने कुर्सी अभाव
 सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २/३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ । इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ । सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । बबरमहलमा रहेको नेपाल मधेसी निजामति कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ । कार्यालयमा संयोजक महन्थ ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १/१ कोठा पाएका छन् । 
महासचिवलाई एउटै कोठमा धेरै कुर्सी राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त, भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ ।

किन रोकियो कर्मचारी समायोजन प्रक्रिया ?
 ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको छापिएको छ । सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसदमा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ ।मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो सातासम्म समायोजनका प्रक्रियाको कुनै काम अघि बढेको छैन ।

काबुलका सरकारी कार्यालयमा विद्रोहीले गरे रकेट आक्रमण
 अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन्। अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा आक्रमण सुरु गरेपछि सुरक्षाकर्मीले गरेको प्रत्याक्रमणमा दुई जना विद्रोहीको मृत्यु भएको छ। आक्रमणकारीले एक भवनलाई कब्जामा लिई सरकारी भवनमा रकेटमार्फत आक्रमण सुरु गरेका तर पछि सुरक्षाकर्मीले उनीहरूविरुद्ध प्रत्याक्रमण गर्दा सबैजनाको मृत्यु भएको उनले सञ्चारकर्मीसँग बताए।उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ। स्थानीय टोलो न्यूजले प्रत्यक्षदर्शीलाई उद्धृत गरी विद्रोही लडाकूले २२ वटा रकेटले आक्रमण गरेको आफूले थाहा पाएको बताएका जनाएको छ। घटनामा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। 

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानिसहरुबीच भागदौड
भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ ।ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् ।भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ ।शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ ।
भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ । मानिसहरुलाई खुला ठाउँमा राखिएको छ ।गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताउनुभएको छ ।उनले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

इजरायलसँग तत्काल युद्धविरामको सम्भावना छैन : हमास नेता
 इजरायलद्वारा गाजा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि लगाउँदै आएको नाकावन्दीको ‘अन्त्य हुन लागेको’ हमास नेता इस्माइल हानियाले मङ्गलबार बताएका छन्। इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरायली तथा प्यालेष्टिनी अधिकारीबीच युद्धविरामका लागि पहललाई तीव्रता दिइराखेका समय प्यालेष्टिनी नेताको उक्त भनाइ आएको हो। प्राप्त पछिल्लो सूचना अनुसार गाजाका हमास नेता तथा इजरायलबीच इजिप्ट तथा संयुक्त राष्ट्रसङ्घको पहलमा छलफलहरू भएका छन्। तर छलफलहरू नाकाबन्दीलाई नै अन्त्य गर्ने विषयमा केन्द्रित नभएर सीमामा भएको इजरायली अवरोधलाई केही खुकुलो पार्नेतर्फ भएको बुझिएको छ। 

श्रीलंकाकाे भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले अाज पहिलाे अभ्यास खेल खेल्दै
एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल एकदिवसीय हुनेछ ।श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ ।छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

सीपीएलमा सन्दीप लामिछानेको स्पिन जादु कायमै
 क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दै बुधबार थप दुई विकेट लिएका छन् । उनले सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा दुई ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका हुन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सका लागि खेलेका सन्दीपले हालसम्म चारवटा म्याचमै आफ्नो प्रभाव देखाउन सफल भएका हुन् । उनले चार खेलमा कुल ७ विकेट लिइसकेका छन् ।बुधबार बिहान सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै सेन्ट लुसियाले १२ ओभर तीन बलमा आफ्ना सबै विकेट गुमाउँदै ६९ रनमात्र बनाउन सक्यो ।७० रनको विजयी लक्ष्य पाएको पेट्रियट्सले ७ ओभर चार बलमा उक्त लक्ष्य पुरा गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

धेरै आय गर्ने महिला खेलाडीको सूचिमा सेरेना विलियम्स पहिलो नम्बरमा
सबैभन्दा धेरै आय गर्ने महिला खेलाडीको सूचिमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्स शीर्ष स्थानमा रहेकी छन् । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वमा धेरै आय गर्ने खेलाडीको सूचिमा महिला तर्फ विलियम्स शीर्ष स्थानमा रहेकी हुन् ।२३ पटक ग्राण्डसलाम उपाधि जितेकी सेरेनासहित महिला तर्फ शीर्ष १० मा ८ जना टेनिस खेलाडी परेका छन् । विलियम्सले गएको वर्ष पुरस्कार स्वरुप मात्रै ६२ हजार अमेरिकी डलर प्राप्त गरिन् । उनी छोरी जन्मिनुअघि र पछि गरी १४ महिना टेनिसबाट बाहिर थिइन् ।सेरेना विलियम्सतर विभिन्न विज्ञापन तथा व्यवसायिक सम्झौताबाट उनले १८ मिलियन अमेरिकी डलर आय गरेकी छन् । शीर्ष १० मा पर्नेमा ब्याडमिन्टनकी पिभी सिन्धु र रेस कार ड्राइभर डानिका प्याट्रिक मात्रै टेनिस बाहिरका हुन् । शीर्ष १० मा रहेका महिला खेलाडीले सन् २०१७ को जुनदेखि २०१८ को जुनसम्ममा समग्रमा १०५ मिलियन अमेरिकी डलर आय गरेका छन् ।

विहान
अन्त्यमा ताप्लेजुङको मौसम सम्वन्धि जानकारी

आज विहानको ताप्लेजुङको न्यूनतम तापक्रम १९.३ डिग्री सेलसियस रहेकोे पुर्वि क्षेत्रिय हावापानि फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।  आज सुर्योदय विहान ५ बजेर २८ मिनेट  भएको थियो भने सुर्यास्त भरे साँझ ६ बजेर २४  मिनेटमा हुनेछ ।
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              

 

प्रतिकृया दिनुहोस

तमोर हालखवर २०७५ भदौ ७ गते विहिवार विहान ८ः३० वजे

समयमै जन्म र मृत्युदर्ता गर्नेलाई फिदिम नगरपालिकाद्धारा पुरुस्कार दिइने पाँचथरको फिदिम नगरपालिकाले जन्म र मृत्युदर्ता गर्ने ब्यक्तिलाई पुरस्कार

तमोर हालखवर २०७५ भदौ ६ गते बुधवार साँझ ६ वजे

तेस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटवल संघको कुनैपनि संलग्नता नरहने आगामी भदौ ८ गतेवाट हुन लागेको तेस्रो पाथिभरा

तमोर हालखवर २०७५÷०५÷०६ बुधवार विहान ८ः३० वजे

बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, १ र ५ प्रदेशमा सार्वजनिक विदा मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई