प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड

प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् । तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ ।नहोस् पनि किन ? खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ– Shivade, I am Sorry !!

सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ ।

घटनालाई लिएर कौतुहुलता छाइरहेका बेला मनोवैज्ञानिकहरुले मानसिक समस्याका कारण खेडेकरले यस्तो गरेको हुनसक्ने लख काटेका छन् ।

शहर तथा सामाजिक सञ्जालमा यो विषयले चर्चा पिटेपछि स्थानीय प्रहरीले घटनालार्इ गम्भीरतापूर्वक लिँदै अनुसन्धान थालेकाे जनाएकाे छ ।

समाचार अनुसार सामान्य व्यवसाय गर्दै आइरहेका खेडेकर एमबीएका विद्यार्थी हुन् । उनको उमेर २५ वर्ष छ ।

बीबीसी

प्रतिकृया दिनुहोस

यहाँ सन्तान जन्माए पाइन्छ लाखौ रुपैयाँ, सरकार गरिरहेछ जनतामा अपिल

प्रकृतिको खेल पनि अचम्मको हुन्छ । कहि मानिसहरु यती धेरै छन्  कि जनसंख्या कम गर्न दुविधा बनेको छ कहि मानिसको संख्या यती कम छ कि जनसंख्या  कसरी बढाउने

३ करोडको बाइक चढ्ने नेपाली युवा

काठमाडौं । संसारकै सर्वाधिक ठूलो बाइक चढ्ने व्यक्ति नेपाली अन्दिप आचार्य भएका छन् । उनले हालै हार्ले डेभिडसनको भी८ चोपर किनेका छन्

२०७५ असोज २५ गते विहीबार साँझ ६ बजेको तमोर हालखबर

फुटबल खेल्न हिँडेका युवाको पौडी खेल्ने क्रममा मृत्यु  पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।  पाँचथर र ताप्लेजुङको सिमानाको