टीकापुर घटनालाई आपराधिक दृष्ट्रिकोणले हेर्नु हुँदैन : ठाकुर

कैलाली – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई केबल आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताउनुभएको छ।

टीकापुर घटनाका अभियुक्तलाई सोमबार कैलाली कारागारमै भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको बताउनुभयो ।

उहाँले एक छुट्टै प्रसङ्गमा देशमा अझै पनि आदिवासी, जनजाति, दलित, पिछडिएका समुदायले राखेका माग र संविधान संशोधनका मुद्दा सम्बोधन हुन नसकेको बताउनुभयो ।

चुनावपछि बढेको नागरिकको अकाङ्क्षा पूरा हुन नसकेको बताउँदै संयोजक ठाकुरले सरकारको काममा शिथिलता देखिएको आरोप लगाउनुभयो ।
 

प्रतिकृया दिनुहोस

छोरो सम्झेर भक्कानिए दाहाल, गला अवरुद्ध भयो...

दोलखा । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छोपेको थियो । तत्कालीन एमालेसँग

‘विप्लवको जनअदालत’ मा एक हजार मुद्दा

  काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अभिनन्दित

मोरङ - प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता