तरकारीको भाउ एक महिनामै चार गुणासम्म बढ्यो

काठमाडौं, साउन २८ । बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ ।

समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रुपमा सस्तो हुन्छ । आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो ।

समितिका अनुसार थोकमा प्रतिकिलो ११५ रुपैयाँ पर्ने हरियो धनिया अहिले ५९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने सानो गोलभेंडा दोब्बर बढेर ३९ रुपैयाँ पुगेको छ ।

सामान्यतः कालीमाटी बजारमा दैनिक ६ सयदेखि साढे ६ सय टन तरकारी भित्रिन्छ । तरकारीको परिमाणमा कुनै कमी नभए पनि मूल्य भने अस्वाभाविक रुपमा बढेको हो । –कान्तिपुर दैनिकबाट

 

प्रतिकृया दिनुहोस

चिनीको मूल्य बढाउन फेरि चलखेल

काठमाडौं, पुस ३० । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ / बिपद्का समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित कञ्चनजंघा सामुदायिक बहुमुखी